मुक्तिनाथ विकास बैंकमा काम गर्ने अवसर, यी ८ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, क्रेडिट एनालिस्ट, डेक्स इनचार्ज, रिलेसनसिप मेनेजर, माइक्रो बैंकिगं, अपरेसन इनचार्ज, डिजिटल टन्सफरमेसन र लरनिग एन्ड डेभलबमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १८ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । इन्स्योरेन्समा जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको ५ पदका लागि आवेदन खुल्ला गरिएको हो । कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना गरि ५ पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकलाई यहि माघ १५ भित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ
काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा २ जना गरी ५ जना निर्वाचित गरेको थियो । संस्थापकबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारणबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।साधारणसभापश्चात् बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।