आइएमई लाइफले माग्यो कर्मचारी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभक र रिक्स डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश १ का लागि ३ वटा शाखा, मधेश प्रदेशका लागि ७ वटा शाखा कार्यालय, बागमति प्रदेशका लागि ९ वटा शाखा कार्यालय, गण्डकी प्रदेशका लागि ९ वटा शाखा कार्यालय, लुम्बिनी प्रदेशका लागि ३ वटा शाखा कार्यालय, कर्णाली प्रदेशका लागि ८ वटा शाखा कार्यालय र सुदुरपश्चिम प्रदेशका लागिव ३ वटा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि कम्पनीले न्युनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित माघ ४ गतेभित्र कम्पनीको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।

गुराँस लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

सफ्टवेरिका जब प्लेसमेन्ट वीकमा रोजगारीका लागि छानिए १०० बढी विद्यार्थी

काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि जब प्लेसमेन्ट वीक सञ्चालन गरेको छ । आईटीमा १२ वर्ष पूरानो यस कलेजले विद्यार्थीहरूका लागि विभिन्न कम्पनीहरूमा रोजगारीका लागि पहल गर्नका लागि यस कार्यक्रम आयोजना गरिएको हो । जब प्रोभाइडर र जब सीकरबीच पुल बन्नका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ, कलेज प्रमुख प्रमोद पौडेलले भने । रोजगारका लागि विद्यार्थीलाई कसरी तयार पार्ने भन्नेबारे यस कार्यक्रमले सहयोग गरेको उनको भनाइ छ । यस कार्यक्रममा कम्प्युटिङ, इथिकल ह्याकिङ र साइबर सेकुरिटीबारे विद्यार्थी र विभिन्न कम्पनीका अधिकारीहरूबीच छलफल गराइएको थियो । जब प्लेसमेन्ट वीकमा कलेजका पूर्व विद्यार्थी, अध्ययनरत विद्यार्थीहरू एवम् विभिन्न २० कम्पनीका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । विहिबार सकिएको कार्यक्रममा १५० विद्यार्थी सहभागी भएका थिए । जसमा १०० जनाभन्दा बढी विद्यार्थी छानिएको कलेज प्रमुख पौडेलले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत विभिन्न कम्पनीका प्रतिनिधिहरूले विविध विषयमा प्रशिक्षण समेत दिएका थिए । कलेजका पूर्व विद्यार्थी एवम् आयात डिजिटल कम्पनि प्रा।लिका सञ्चालक प्रशान्त कोइरालाले आफूले विगतमा भ्याकेन्सी अनाउन्स गर्दा पनि जनशक्ति पाउन नसकेको सुनाए । उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई रोजगारका लागि समेत तयार पारेकोमा खुशी व्यक्त गरे । कलेजले विद्यार्थीहरूका लागि अध्ययन तथा अनुसन्धान केन्द्र समेत व्यवस्था गरेको छ । यस्तै जेहेन्दार विद्यार्थीहरूका लागि स्कलरशीपको समेत व्यवस्था गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । कलेजमा अध्ययनरत अधिकांश विद्यार्थीहरूले ग्राजुएट हुनुअघि नै रोजगारी पाउने गरेको श्रेष्ठले बताए । साथमा ग्राजुएट भएकाहरूले पनि ३ महिनाभित्रै रोजगारी पाउने गरेको उनले बताए । कोड रसका एसोसिएट प्रोडक्ट म्यानेजर सृष्टि श्रेष्ठले विगतमा सफ्टवेरिका कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरूले रोजगारीका क्रममा राम्रो पफर्मेन्स गरेकाले अहिले पनि आफू कलेजै विद्यार्थीसँग सहकार्य गर्न आएको बताइन् । कार्यक्रममा लिफरक, मिदास टेक्नोलोजी, जिनिस सोलुसन, डिशहोम, हिताची इनर्जी, सुविधा सेवा, आयात डिजिटल, टेक क्राफ्ट लगायत कम्पनीहरू सहभागी थिए ।