नेपाली सेनामा ४५ सय जनालाई आकर्षक रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ । देशभरका विभिन्न स्थानमा रिक्त रहेका ४ हजार ५ सय पदका लागि सेनाले आवेदन खुल्ला गरेको हो । सेनाले एक सूचना जारी गर्दै आवेदन खुल्ला गरेको छ । उक्त सूचना अनुसार खुलातर्फ २ हजार ३५१ जना, सैन्य परिवारबाट २२५ जना, ३९० महिला, ६१७ जना आदिवासी जनजाति, ५४० मधेसी २८७ दलित र पिछडिएको क्षेत्रबाट ९० जनाको माग गरेको हो । देशभरका विभिन्न स्थानमा रहेका नेपाली सेनाको कार्यालयबाट रोजगारीका लागि आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।
मन्जुश्री फाइनान्सको डिसीइओमा तेज राज तिमिल्सिना नियुक्त
काठमाडौं । मन्जुश्री फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ)मा तेज राज तिमिल्सिना नियुक्त भएका छन् । फाइनान्सको बुधबार बिहान बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई डिसीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तिमिल्सिना यसअघि रिलायन्स फाइनान्समा सहायक महाप्रबन्धक रहेका थिए । त्यसअघि उनले एनआइसी एशिया, सिद्धार्थ बैंकमा लामो समय काम गरेका थिए ।
समृद्धि फाइनान्समा आकर्षक रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागी खुसीको खबर छ । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जना, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदमा ५ जना कर्मचारी माग गरेको छ । चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ छ । साथै, ब्रान्च म्यानेजरमा १० जना, एसिस्टेन्ट र जेआर एसिस्टेन्ट पदहरुमा आवेदन दिन प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने फाइनान्सले जनाएकाे छ ।