एनआईसी एशिया बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट

काठमाडौं । एनआईसी एशिया बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो । बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि आइसिएएन अथवा आसिएआई उतिर्ण गरेको हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पौष १७ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।  

सनराइज बैंकमा काम गर्ने अवसर, यी ४ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कायाृलयका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो । यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

ग्रामिण विकास लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल वा शाखा कार्यालयबाट माघ २ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।