नेको इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । नेको इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले पोखरा ब्रान्चको लागि १ जना ब्रान्च म्यानेजर र सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि १० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु पास उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुस ५ गतेसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्नेछ ।
महालक्ष्मी लाईफका सीईओ भट्टराईले पाए निरन्तरता
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । मंसिर २३ गते बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै उनले पुस १७ गतेदेखि दोश्रो कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्नेछन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो । साथै, उनको नेतृत्वमा कम्पनीले नयाँ उचाइ प्राप्त गर्नेमा कम्पनी विश्वस्त छ । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको करिब ४ दशकको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २६ वर्षभन्दा बढी समय काम गरिसकेका छन् ।
बीमा प्राधिकरणमा सिएसहित ३६ जनालाई रोजगारीको अवसर
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशन पदसम्मका लागि कर्मचारीकाे माग गरेको छ । प्राधिकरणले आजै सार्वजनिक सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न दरखास्त माग गरेको हो । अधिकृत द्धितीयस्तरको उप निर्देशक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट दुई जना र खुला प्रतियोगिताबाट एक जनाको लागि आवेदन माग गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरी उप निर्देशक पदकै एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सूचना प्रविधि अर्थात आइटीका लागि पनि उपनिर्देशक पदकै लागि एक जनाको लागि दरखास्त आह्वान गरिएको छ । प्रसासन तर्फ सहायक निर्देशक पदका लागि १५ जनाको दरखास्त आह्वान गरिएको छ । सहायक निर्देशक तर्फ नै कानुन तर्फ २ जना माग भएको छ । सहायक निर्देशक पदका लागि तीन जना चार्टर्ड एकाउन्टेन्ट आह्वान गरिएको छ । सूचना प्रविधि तर्फ पनि एक जना सहायक निर्देशक पदका लागि कर्मचारी माग गरिएको छ । प्रशासन तर्फै सहायक प्रथम पदका लागि १० जनाको आवेदन खुला गरिएको छ । उप निर्देशक पदका लागि न्युनतम २१ वर्ष अधिकतम ४५ वर्ष उमेर समुहका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । त्यस्तै सहायक निर्देशक पदका लागि २१ वर्ष देखि ३५ वर्ष उमेर समुहकाले आवेदन दिन सक्ने छन् । प्राधिकरणका कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । सहायक निर्देशक र उप निर्देशक पदमा आवेदन दिनमा लागि तोकिएको विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ । उपनिर्देशक पदका लागि आवेदन दिने सँग ५ वर्षको अनुभव समेत हुनु पर्नेछ । सहायक प्रथम श्रेणीका लागि कम्तिमा तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ । इच्छुक आवेदकले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । [pdf id=370952]