हिमालयन एभरेष्ट इन्स्योरेन्सले डीसीईओसहित ७ वटा पदमा माग्यो कर्मचारी
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा पहिलो मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सहित विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयको लागि हेल्थ असिस्टेन्टदेखि डीसीईओसम्मका कर्मचारीलाई जागिरको अवसर खुला गरेको छ । जसमध्ये डीसीईओ एक जना, डीसीएम तथा एजीएमका लागि केही, म्यानेजेरियल, अफिसर र एसिस्टेन्ट लेभलमा मार्केटिङ्, क्लेम एण्ड डिपार्टमेन्टका लागि केही, इन्जिनियर तथा ओभरसेरमा केही र हेल्थ असिस्टेन्टमा केही व्यक्तिहरुलाई कम्पनीमा जागिर खान पाउने छन् । यससँगै न्यूनतम स्नातक तहदेखि अधिकतम स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेकाहरु मात्रै उक्त विभिन्न पदको लागि योग्य हुनेछन् । इच्छुक तथा योग्यता पुगेकाले यो महिनाभित्रमा कम्पनीमा आवेदन दिन सक्नेछन् । उनले आफ्नो बायोडाटा, अपेक्षित तलब उल्लेख गरिएको कभर लेटर, नागरिकता प्रमाणपत्र र शैक्षिक/अनुभव प्रमाणपत्रहरू, रुचाइएको स्थान र फोटो सहितको इमेल मार्फत आवेदन दिन सक्ने छन् । यससँगै इच्छुकले आगामी मंसिर २९ गतेभित्रमा कम्पनीले उपलब्ध गराएको इमेल आईडीमा आवेदन दिइसक्नु पर्ने छ ।
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पौडेल नियुक्त, चौधरीले दिइन् राजिनामा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा केशवराज पौडेल नियुक्त भएका छन् । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको अध्यक्ष पदमा भगवती चौधरी थिइन् । उनले राजिनामा दिएसँगै रिक्त भएको उक्त पदमा पौडेललाई नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो । पोडेलले एभरेष्ट बैंकबाट संस्थाको सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका छन् । यससँगै नवनियुक्त अध्यक्ष पौडेलले मंसिर १४ गतेदेखि नै उक्त पदको जिम्मेवारी सम्हालेका छन् ।
सिन्धु विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसर, चार्टर्ड एकाउन्टेड र रिलेसनशिप म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेभित्र बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।