वैदेशिक लगानीको लागि नेपाल सुरक्षित, कोरियन व्यवसायी भन्छन् : हामी लगानी गर्न इच्छुक छौं

काठमाडौं । नेपालमा लगानी गर्न कोरियन व्यवसायी इच्छुक देखिएका छन् । दक्षिण कोरियामा भएको नेपाल इन्भेष्टमेन्ट सेमिनारमा कोरियन व्यवसायीहरुले आफूहरुले लगानी गर्न सक्ने बताएका हुन् । सम्मेलनले कोरोना महामारीले असर पारेको नेपाली अर्थतन्त्रलाई लयमा फर्काउन कोरियाली लगाउन भित्र्याउन महत्वपूर्ण भएको एनआरएनएका अध्यक्ष विनाद कुँवरले बताए । कुँवरका अनुसार सम्मेलनमा सहभागी कोरियन व्यवसायीहरुले आफूहरुले नेपालको अवस्थाबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै लगानी गर्न सक्ने बताएका थिए । दक्षिण कोरियामा हालै नेपाल इनभेष्टमेन्ट सेमिनार सम्पन्न भएको छ । नेपाली राजदूतावासको आयोजना र एनआरएनएको सहकार्यमा सम्पन्न कार्यक्रममा कोरियाका ५० भन्दा बढी व्यवसायीहरु सहभागी भएका थिए । नेपालका लागि कोरियाका राजदूतको ज्योति प्याकुरेलले जिम्मेवारी समालेको ४ महिनापछि लगानी सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा परराष्ट्रमन्त्री डा। विमला राई पौडेलले शुभकामना सन्देश दिएकी थिइन् । सम्मेलनमा उपनियोग प्रमुख रामसिंह थापाले कार्यक्रममा लगानीका सम्भावित क्षेत्र, नेपालका कानून, पुँजी लगायनी क्षेत्र समेटेर कार्यपत्र पेश गरेका थिए । उपनियोग प्रमुख थापाले प्रस्तुत गरेको कार्यपत्रमा आर्थिक विकासको एजेण्डामा राजनीतिक सहमति, सुशासन र आर्थिक वृद्धिमा ध्यान केन्द्रीत, सन् २०२६ सम्म अल्पविकसित अवस्थाबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नती, सन् २०३० सम्ममध्ये आय भएका राष्ट्रमा पुग्ने लक्ष्यमा पुग्न सबै क्षेत्रहरुमा वृहत लगानीको खाँचो रहेको औल्याउँदै लगानी सम्मेलनको आयोजना गरिएको उल्लेख छ । त्यसैगरी कार्यपत्रमा नेपालमा लगानीको लागि उचित गन्तव्य स्थल पनि छुट्इयाएको छ । नेपाल लगानीको एक राम्रो गतन्वय मानिएको बताउँदै जुनसुकै क्षेत्रमा लगानी प्रतिफलयुक्त रहेको, कुनै पनि क्षेत्र प्रतिस्पर्धारहित रहेको, पूर्ण शान्ति सुरक्षासहित वैदेशिक लगानीको लागि सुरक्षित गन्तव्य, नेपाल विशाल बजार भएका चीन र भारतबीच रहेको, नेपालमा उत्पादित वस्तुहरुलाई चीन र भारतमा विना भन्सार बजार पहुँचको सुविधा, नेपाली बस्तुमाले युरोपियन बजारमा समेत विना भन्सार र विना कोटा बजार प्रवेश सुविधा, अमेरिकी बजारमा ७० वटा नेपाली वस्तुलाई बजार प्रवेशमा प्राथमिकता रहेको कार्यपत्रमा उल्लेख छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी अरुणराज सुमार्गीलगायत पनि सम्मेलनमा सहभागी रहेका थिए ।

राष्ट्रिय बीमा संस्थानमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । राष्ट्रिय बीमा संस्थानले कर्मचारीको माग गरेको छ । बीमा संस्थानले करार सेवाका लागि विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत १ जना र एक्चुरी (सहायक) २ जना गरी कुल १० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि संस्थानले सीएका लागि स्नातक तह उत्तीर्ण गरी सीए सरहको उपाधि प्राप्त गरेको र कम्प्युटर अधिकृतका लागि ब्याचलर सफ्टवयेर इन्जिनियरिङ्ग, कानुन अधिकृतका लागि कानुन विषयमा स्नाकोत्तर तह उत्तीर्ण र एक्चुरीका लागि म्याथम्याटिकल साइन्समा स्नातक तह उर्तिण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीले तोकेबमोजिम दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

एनआइसी एशिया क्यापिटलमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकाउन्टेन्ट वा वित्तीय विभागका लागि १ जना र म्युचअल फण्ड डिपार्टमेन्टका लागि केहि संख्याका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।