एनआइसी एशिया क्यापिटलमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकाउन्टेन्ट वा वित्तीय विभागका लागि १ जना र म्युचअल फण्ड डिपार्टमेन्टका लागि केहि संख्याका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेसम्ममा कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।

डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन

काठमाडौं । डिश मिडिया नेटवक प्रालि (डिशहोम)को अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन् । डिशहोम सञ्चालक समितिकाे बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज र सहकारी लगायतका व्यवसाय संचालन गरिरहेका छन् । यसअघि डिशहोमको अध्यक्ष हेमराज ढकाल थिए ।

एभरेष्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २३ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।