औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा पन्त नियुक्त
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा बाबुराम पन्त नियुक्त भएका छन् । भदौ २९ गते बसेको मन्त्रिस्तरीय बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल एसबिआई बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलमा अडिटकालागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलका आइटीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज १४ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकमा रोजगारीको सुनौलो अवसर
काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदहरुका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि १ जना, एक्जिक्युटिभ सेक्रेटरी, ब्रान्च म्यानेजर र ट्रान्सजेक्सन बैकिङ्ग डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकका अनुसार क्षमतावान, स्किलफुल, नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदरवारले असोज २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।