मेगा बैंक, नेको इन्सोरेन्स र अग्नि इन्भेष्टमेन्टले मागे १४७ जना, रोजगारीकाे लागि राम्राे अवसर

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इन्भेष्टमेन्टले एकैपटक ४६ जनालाई रोजगारी अवसर दिने भएको छ । यो कम्पनीले कार्यालय सहयोगिदेखि महाप्रवन्धकसम्मलाई रोजगारी खुलाएको छ । कम्पनीले महाप्रवन्धक, चिफ फाइनान्स अफिसर, क्रेडिट हेड, फाइनान्स हेड एकएक जना मागेको छ । साे कम्पनीले एकाउन्ट एक्जुकेटिभ, एचआर एडमिन एक्जुकेटीभ, रिकभरी एक्जुकेटिभ, लिगल एक्जुकेटिभ, सीआरएम एक्जुकेटिभ, कर्पोरेट तथा ब्राण्ड क्रेडिट एक्जुकेटिभ, कम्प्लाएन्स तथा केवाईसी एक्जुकेटिभ, आइटी एक्जुकेटिभ र एचआर एडमिन असिस्टेन्ट दुई/दुई जना मागेको छ । यसैगरी क्रेडिट असिस्टेन्ट, सीआरएम असिस्टेन्ट तीन/तीन जना मागेको छ । अकाउन्ट असिस्टेन्ट तथा क्यासियर ६ जना मागेको छ । यो कम्पनीले फ्रन्ट डेक्स डाइभर र अफिस असिस्टेन्ट भने चारचार जना गरि जम्मा ४६ जना मागेको छ । सम्बन्धित विषयमा दक्ष र अनुभविलाई प्राथमकिता दिने गरी मागेको उक्त पदमा इच्छुक उमेदवारलाई १० दिन भित्रै आफ्नो विवरणसहित आवेदन दिन कम्पनीले आग्रह गरेर दि हिमालय टाइम्समा सूचना प्रकाशन गरेको छ । यसैगरी आइएमई लाइफले ब्राण्ड तथा मार्केटिङ तथा ट्रेनि असिस्टेन्ट मागेको छ । यसले आपसी सहमतिमा तलव निर्धारण गर्ने गरी रोजगारी दिने भनेको छ । मेगा बैंकले १६७ जनालाई रोजगारी अवसर दिँदै मेगा बैंकले ले पनि १६७ जनालाई रोजगारीको अवसर दिने भएको छ । यो बैंकले पनि विभिन्न पोजिसन तथा क्षेत्रका म्यानेजर १९ जना, अफिस लेवलका कार्मचारी ५२ जना र असिस्टेन्ट लेभवका कार्मचारी ९६ जना गरी १६७ जनालाई रोजगारी अवसर दिने भएको छ । यसले इच्छुक र योग्यता पुगेका उमेदवारबाट आवेदन माग गरेको छ । नेको इन्सोरेन्समा पनि माग्यो ३५ जना कर्मचारी नेको इन्सोरेन्सले पनि विभन्न कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले ३५ जना कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिसटेन्ट जनरल म्यानेजर, डेपुटी म्यानेज तथा असिसटेन्ट म्यानेजर र रिजनल म्यानेजर एकएक जना मागेको छ । यसले लिगल अफिसर र एक्जुकेटीम सेक्रेटरी एकएक जना मागेको छ । सिनियर अफिसर, अफिसर र जुनियर अफिसर गरेर १० जना सुपरभाइज २० जना मागेको छ ।

खाडी पठाउन ६० प्रतिशतको सेटिङ एयरपोर्टबाटै, घरेलु कामदार खसी बोकाझै विक्री

काठमाडौं । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदरामध्ये ६० प्रतिशतको सेटिङ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मंगलबार सार्वजनिक गरेको छ । समितिद्धारा चार महिनाअघि गठित खाडी मुलुकको स्थलगत अनुगमन निरिक्षण उपसमितिले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै उपसमितिले खाडीका मुलुुकमा घरेलु कामदारको खसी बोकाभै वित्री हुने गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कान्तिपुर दैनिकबाट ।

विदेशी अनुदानमा डुब्दै संसदीय समिति, आइएनजीओको पछाडि दौडिए सांसद

काठमाडौं । संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् । मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एेन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाईरहेका छन् । संसदको वातावरण समितिका सबै ४६ जना सदस्य जेठ २९ गते डब्लुडब्लुएफ नेपालले लगानी गरेको कार्यक्रममा सहभागि भएर कार्यक्रम आफैंले चलाए । काठमाडौंमा भएका २ वटा अन्य समितिका प्रतिनिधी पनि थिए । त्यति मात्र हैन काठमाडौंबाहिर अन्य ६ प्रदेशमा एकएक कार्यक्रम संसदहरु आफैंले संचालन गरे । कार्यक्रममा डब्लुडब्लु एफले ४० लाख सहयोग र प्राविधिक सहयोग गरे । नागरिक दैनिकबाट।