जीवन बीमामा रोजगारी अवसर, महालक्ष्मी लाइफले माग्यो ३५ जनाको दरखास्त

काठमाडौं । जीवन बीमा कम्पनीमा नयाँ रोजगारी अवसर सिर्जना हुने भएको छ । थप हुँदै गरेका नयाँ जीबन बीमा कम्पनीले धमाधम नयाँ जनशक्ति माग गरिरहेका छन् । यसै क्रममा भविष्यमै संचालनको तयारी गरिरहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैपटक ३५ जनालाई रोजगारी दिदैँ छ । यो कम्पनीले विभागीय प्रमुख ७ जना, प्रादेशिक प्रमुख ७ जना र शाखा प्रमुख २१ जना गरी ३५ जनाको दरखास्ता माग गरेको छ । यो कम्पनीले आवश्यक योग्यता पुगेका आवेदनकबाट यही जेठ २६ गतेभित्र आवेदन माग गरेको छ । कम्पनीले अाफ्नो इमेल ठेगानामा इच्छुका आवेदनकसँग आवेदन माग गरेको छ । कम्पनीले पद अनुसार अलग अलग याेग्यताक्रम पनि निर्धारण गरेकाे छ ।

१९ प्रतिशत घरपरिवार रेमिट्यान्समै निर्भर, विदेश जानेको आम्दानी नजानेको भन्दा ५ गुणा बढी

काठमाडौं । युवायुवती वैदेशिक रोजगारीमा जाँदा समाजमा थुप्रै विसंगति, विकृति सिर्जना भइरहेको गुनासो बढेको बेला गरिएको एक अध्यययनमा रोजगारीको लागि विदेश जानेको आम्दानी स्वादेशमा भन्दा पाँच गुणा राम्रो हुने तथ्य फेला परेको छ । राष्ट्र बैकले गरेको एक अध्ययन अनुसार विदेश नजाने युवायुवतीको तुलनामा वैदेशिक रोजगारीमा जानेकोको कमई पाँच गुणा बढी देखिएको छ । प्रतिव्यक्ति नेपालीको सरदर आम्दानी ९० हजार ५२१ रुपैया छ । विदेशमा जाने नेपालको भने प्रतिव्यक्ति यस्तो आम्दानी ५ लाख ३२ हजार रहेको पनि अध्ययनले देखाएको छ । स्वदेशको आम्दानीसँग ठूला व्यापारिक घरानाको समेत जोडिए पनि वैदेशिक रोजगारीमा भने नेपाली कामदारको पारिश्रमिक एकै प्रकारको हुने गरेको छ । अहिले विदेशीने नेपालीकै कारण १९ प्रतिशत घरपरिवार पूर्ण रुपमा रेमिट्यान्समा निर्भर हुन पुगेका छन् । ८० प्रतिशत घरपरिवार भने दैनिक गुजार चलाउने रेमिटेन्सको सहयोग लिनु परेको पनि उल्लेख छ । नागरिक दैनिकबाट ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालकमा घिमिरे र सल्लाहकारमा खनाल नियुक्त

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेषज्ञ संचालकमा रविन्द्र घिमिरे र सल्लाहकारमा प्रकाश खनाल नियुक्त भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरे र खनाललाई सो पदमा नियुक्त गरेको हो । घिमिरेले बीमा विषयमा विधावारिधी गरेका छन् । त्यस्तै, खनाल पनि बीमा क्षेत्रका एक अनुभवी व्यक्ति हुन् ।