बैंक अफ काठमाण्डूकाे अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष थिए । उनी पर्यटन क्षेत्रमा विस्तापित व्यवसायी हुन् । गत बिहीबार बसेको बैंककाे २२औँ वार्षिक साधारणसभाले कम्पनीको संस्थापक लगानीकर्ताको तर्फबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त गरि चार जनालाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ । साथै, उक्त सभाले कम्पनीको साधारण लगानीकर्ताको तर्फबाट डा. प्रेम हेमराज सुबेदी, गोबिन्दप्रसाद शर्मा रेग्मी, सौरभ केसी र मदनलाल जोशीलाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।
सूचना विभागबाट प्रेस पास लिने पत्रकार २३ हजार, सञ्चार गृहमा सञ्चारकर्मीको अभाव
काठमाडौं । सूचना विभागको प्रेस पास लिने सञ्चारकर्मीको संख्या बर्षेनी बढ्दै गए पनि आम सञ्चार माध्याममा दक्ष सञ्चारकर्मीको अभाव रहेको पाइएको छ । सुचना विभागका निर्देशक राजु भण्डारीका अनुसार हालसम्म सुचना विभागबाट पें्रस पास लिनेको संख्या २३ हजार ४ जना रहेको छ भने त्यस मध्ये ३६ जना विदेशी रहेका छन् । नेपाल जस्तो सानो देशमा २३ हजार भन्दा बढी पत्रकार हुनु आफैमा ठूलो संख्या भएको उनी बताउँछन् । तर सञ्चार माध्ययममा पत्रकारको ज्यादै आभाव देखिन्छ । दैनिक पत्रिकाहरुमा दैनिक जसो पत्रकार आावश्यक भएको सूचना प्रकाशित हुन्छ । सञ्चारगृहमा सञ्चचचारकर्मीको अभाव हुनुमा आर्थिक समस्या मुख्य कारण रहेको बताउँछन् भण्डारी । मेहनत अनुसार पैसा कमाउन नसक्ने भएकाले गर्दा पे्रस पास लिएर पनि धेरै पत्रकार आफ्नो पेशा छोड्न बाध्य भएको उनले बताए । साधारणतया प्रेस पास लिनको लागि न्यूनतम शैक्षिक योग्यता पूरा गरेको र आफूले काम गर्ने सञ्चारगृहबाट न्यूनतम पारिश्रमिक पाउने गरि नियुक्ती पत्र पाएकोलाई मात्र सूचना विभागले प्रेसपास दिने गरेको भण्डारीले बताए । पत्रकार महासंघका महासचिव उचिल मगर भने सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएको कुरा स्वीकार्दैनन् । कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएर सञ्चारगृह नै बन्द नभएको उनको तर्क छ । ‘पत्रकार महासघंमा भने कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मी नभएर बन्द भयो भनेर कुनै पनि सुचना आएको छैन’उनले भने । सञ्चार माध्यममा दक्ष पत्रकारको अभाव भए नभएको सञ्चार माध्यमको गुणस्तरले देखाउने बताउँछन् नेपाल आर्थिक पत्रकार समाजका निवर्तमान अध्यक्ष विज्ञान अधिकारी । आफन्तबाद, नाताबाद र राजनीतिक दलका ठूला व्यक्तित्वको आड सूचना विभागकाबाट प्रेस पास लिनेको संख्या जति धेरै भएपनि दैनिक पत्रकारितमा संलग्न पत्रकार धेरै कम भएको उनले बताए । पत्रिका, अनलाइन र टेलिभिजन जस्ता सञ्चारगृहको संख्या बढ्दै गए पनि राम्रो आम्दानी नहुने भएकोले पत्रकारहरु धेरै समयसम्म सञ्चार गृहमा टिक्न नसक्ने समस्या देखिएको काठमाण्डौको हिमालय कलेजका पत्रकारिता विद्यार्थी प्रबल कोइराला बताउँछन् । पत्रकारता पढेका फ्रेस विद्यार्थीलाई मिडियाले प्राथमिकता नदिने गरेकोले पनि दक्ष सञ्चारकर्मीको अभाव भएको उनी बताउँछन् । उनी भन्छन् पत्रकारिता पढेर भन्दा पनि पत्रकारिता नपढिकन पत्रकार बन्नेको संख्या उच्च छ । जवसम्म सञ्चारगृहले पत्रकारीता पढेकोलाई प्राथमिकता र प्रोत्साहन दिदैनन तबसम्म यो समस्या रहिरहन्छ । राजधानी काठमाण्डौमा मात्रै नभएर मोफसलका सञ्चारगृहमा समेत सञ्चारकर्मीको अभाव छ । विराटनगरबाट संचालनमा आएको विराट खबर डटकम अनलाइनका सम्पादक अविजाल विष्टका अनुसार काठमाडौँमा त केहि मात्रामा भएपनि मिडिया क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु भेटिन्छन् । काठमाडौँ भन्दा बाहिरका शहरमा राम्रै पारिश्रमीक दिन्छौ भन्दा पनि सञ्चारकर्मी पाउन सकिदैन । उनका अनुसार पत्रकारिता र मिडिया सम्बन्धी पठन पाठन हुने क्याम्पस नहुनु र पत्रकारिता प्रति विद्यार्थीको घट्दो आकर्षणले गर्दा सञ्चारगृहले यस्तो समस्या आएको हो । (केशर के.सी./प्रशिक्षर्थी पत्रकार)
पाँच लाख महिला राहदानी लिएर घरमै बसे, २ लाख ५० हजार महिला विदेशमा
काठमाडौं । गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन। राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन्। जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या दुई लाख ५० हजार मात्रै रहेको छ । झण्डै ३० हजार महिला अध्ययनका लागि र २० हजार महिला भ्रमणका लागि विभिन्न मुलुकमा गए पनि बाँकीले के प्रयोजनका लागि पासपोर्ट लिए भन्ने अभिलेख कसैसँग छैन । त्यस अवधिमा राहदानी लिएका महिलामध्ये तीन लाख ४४ हजार ३६९ महिलाले जिल्लाबाट लिएका छन् भने तीन लाख ३९ हजार ४५६ राहदानी केन्द्रबाट लिएका छन्। यस्तै दूतावासबाट ८५ हजार ७१७ महिलाले राहदानी लिएको विभागले जनाएको छ । सरकारले ढिलै भए पनि साढे चार लाखभन्दा बढी महिलाले राहदानी के प्रयोजनका लागि लिए भनेर खोजतलास गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालय अन्तर्गतको वैदेशिक रोजगार उद्वार शाखाका सुशील ढुङ्गानाले राहदानी बनाएकामध्ये साढे चार लाखभन्दा बढी महिला कहाँ गए भन्ने तथ्यको खोजीका लागि अनुसन्धान भइरहेको जानकारी गराए। उनले भने–‘साढे चार लाखभन्दा बढी नेपाली महिलाले राहदानी बनाएर देशमै बस्दैनन्, ती महिलालाई अवैधानिक बाटो प्रयोग गरी विभिन्न प्रयोजनका लागि विभिन्न देशमा लगिएको हुनसक्ने हाम्रो अनुमान छ ।’ प्रारम्भिक अध्ययनअनुसार राहदानी लिएको तर कुन प्रयोजनका लागि प्रयोग गरियो भन्ने पत्तो नलागेकामध्ये पनि मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेका जिल्लाहरूबाट महिलाले बढी राहदानी बनाएको भए पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको पाइँदैन । पछिल्ला वर्षहरूमा विभिन्न देशमा अलपत्र पर्ने महिलाको सङख्या बढी रहेको र उनीहरुले विभागबाट श्रम स्वीकृति लिएको नदेखिनुले प्रारम्भिक अध्ययनलाई थप पुष्टि गरेको ढुङगानाले बताए। आप्रवासी कामदारको राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बरालले आकर्षक रोजगारीको प्रलोभनमा पारेर दलालहरूले भारतको बाटो प्रयोग गरी महिलालाई विभिन्न देशमा पुर्याउँदा महिलाको सही तथ्याङ्क आउन नसकेको बताए। ‘सामान्यतया नेपालको सन्दर्भमा साढे चार लाखभन्दा बढी महिलाले विना कारण राहदानी बनाउँछन् भन्ने लाग्दैन यसको वास्तविकता सरकारले खोज्नुपर्छ’–उनले भने। वर्तमान सरकार प्रमुखको कार्यालयबाट वैदेशिक रोजगारीका क्रममा देखिएका समस्यालाई समाधानका लागि गरिएको प्रयास अत्यन्तै सकारात्मक भएको भन्दै बरालले भने–‘यसलाई निरन्तरता दिन आवश्यक छ, अहिलेसम्म भएको अभ्यासमा एउटा सरकारले सुरू गरेको काम अर्को सरकारले ग्रहण गरेर निरन्तरता दिने चलन कम छ ।’ गाेरखापत्र दैनिकबाट ।