वायुसेवा निगमका ६२ क्याविन क्रु आन्दोलित, सेवा सुविधामा अन्याय

काठमाडौं । नेपाल वायुसेवा निगमका ६२ जना क्याविन क्रु (एयरहोस्टेज) आन्दोलित भएका छन् । निगमका विभागिय उपनिर्देशक अरविन्दराज पहाडिले कर्मचारी नियमावली अनुसार पाउने सेवा सुविधामा पदिय दुरुपयोग गरेकोले क्याविन क्रु आन्दोलित भएका हुन । नाइट स्टप र डे रिटर्न उडानमा अवैज्ञानिक किसिमकले हस्तक्षेप गरेपछि उनिहरु आन्दोलित हुनु परेको हो । अपरेशन निर्देश र पहाडिको धम्कि दिएरै नाम र हस्ताक्षर हटाउन पनि दबाब दिएको उल्लेख छ । घनिष्ठताका आधार पक्षपात हुने गरेको पनि उल्लेख छ । क्याविन क्रुले हस्ताक्षर संकलन गरेर निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई बुझाएका छन् । निगममा भएका क्याविन क्रुको प्रमुख शकिला पाण्डे नै व्यवस्थापन र कर्मचारीलाई धम्काउनेको पक्षमा भएकोले माग पूरा गराउनै चुनौतिपूर्ण भएको पनि उल्लेख छ । नागरिक दैनिकबाट ।  

रोजगारदाक कम्पनीले पासपोर्ट श्रमिकलाई नै फिर्ता दिन साउदीको निर्देशन, नदिए ६० हजार जरिवाना

काठमाडौं । साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी (पासपोर्ट) फिर्ता गर्न एक महिनाको समय तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकारमा दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ । साउदीको श्रम कानुनअनुसार कामदारको राहदानी रोजगारदाता कम्पनी (स्पोन्सर) ले राख्न पाउँदैन । साउदीस्थित नेपाली दूतावासमा कम्पनीले राहदानी जफत गरेको र आफूहरु घर फिर्न नसकेको भन्दै दैनिक ४० भन्दा बढी उजुरी पर्ने गरेको छ । कम्पनीले साउदी पुगेलगत्तै विमानस्थलबाटै राहदानी र उनीहरुका रोजगार करारपत्र समेत राखिदिने गरेको छ । कान्तिपुर दैनिकबाट ।

शुभलक्ष्मी सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा राजाराम खड्का, बैकिङ छाडेर उद्यमीको बाटोमा

काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा जाने निर्णय गरे’ खड्काले विकासन्युजसँग भने । ‘अन्ततः पूर्णकालिन जागिरको रुपमा मैले बैकिङ छाडेँ र सिमेन्ट क्षेत्रमा कार्यकारी प्रमुखको भूमिका सहित उद्यमीको काम थालेको छु’ उनले फेसबुक पेजमा लेखेका छन् । उनले २० वर्ष पहिला नबिल बैंकबाट जागिर शुरु गरेका थिए । पछि एभरेष्ट, एनआईसी एशिया, सनराईज हुँदै इन्टरनेशनल डेभपलमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भए । इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी थोरै समय सो बैंकमा डेपुटी जनरल म्यानेजरको भूमिकामा थिए । एनसीसी बैंकबाट दुई महिना अघि उनले दिएको राजीनामा बैंकले स्वीकृत गरिसकेको छ ।