महिला कामदार पठाउन थप ३ देशसंग श्रम सम्झौताको तयारी

काठमाडौं । घरेलु कामदारका रुपमा महिलाको माग आएपछि कतार, साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स लगायतका देशसँग द्विपक्षीय श्रम सम्झौताका लागि छलफल सुरु भएको छ ।ती देशमा महिलालाई घरेलु कामदारको रुपमा पठाउन अहिले प्रतिबन्ध लगाइएको छ। श्रम सम्झौता नहुँदा महिलाहरू जोखिम उठाउँदै अवैध रुपमा ती मुलुक जाने गरेको वैदेशिक रोजागरका जानकारहरू बताउँछन्। द्विपक्षीय श्रम सम्झौता भएपछि केही महिना अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारको रुपमा जोर्डन जाने बाटो खुल्ला भएको छ।दक्षिण कोरिया भने करिब एक दशकदेखि ईपीएस प्रणालीमार्फत मात्र कामदारहरू जाने गरेका छन्। इजरायलमा भने वृद्धवृद्धा र अशक्तको हेरचारका निम्ति केयर गिभरको रुपमा गइरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सचिव महेश दाहालका अनुसार श्रम सम्झौता गरी कतार, साउदी अरेबिया, कुवेत लगायत देशमा जान लगाइएको प्रतिबन्ध फुकाउनेबारे छलफल भइरहेको छ। उनले भने, कतार, साउदी अरेबिया, युएई लगायतका देशले घरेलु कामदारको माग गरेका छन्। यसरी महिलालाई ती मुलुकमा पठाउन दुई देशबीच श्रम सम्झौता वा घरेलु कामदारको सन्दर्भमा छुट्टै सम्झौता गर्नुपर्छ भनेर हामी छलफल गरिरहेका छौं मंगलवार राति भारत हुँदै अवैध रुपमा कुवेत र इराक पठाइन लागिएका १६ जना नेपाली महिलालाई भारतको दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको थियो।अधिकांश महिला राम्रो कमाइको प्रलोभनमा परेर मानवतस्करीको शिकार हुने गरेको वैदेशिक रोजगार क्षेत्रका जानकारहरू बताउँछन्।कामदार माग भइरहेका देशमा सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने उनीहरूको सुझाव छ। वैदेशिक रोजगारमा अवैध रुपमा जान लागेका महिलाको उद्धार र पुनर्स्थापनामा संलग्न मञ्जु गुरुङ भन्छिन, कुनै पनि महिला पुरुषसरह सरकारी अभिलेखमा अभिलेखीकरण भएर स(सम्मान रोजगारीका लागि जाने वातावरण सिर्जना गर्नुपर्‍यो। ूअधिकाशं महिला घरेलु कामका लागि जान्छन् र उनीहरू जोखिमपूर्ण रुपमा जाने अवस्था सरकारले नै गरेको छ। यसलाई सम्बोधन गर्नका लागि घरेलु कामदार श्रम सम्झौता गर्नुपर्‍यो। सरकारले प्रतिबन्ध नलगाएका मुलुकसँग पनि श्रम सम्झौता नगर्दा पनि महिलाहरू अवैध बाटो रोज्न बाध्य हुनुपर्ने कतिपयको भनाइ छ।

हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

काठमाडौं । हाथवे फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुवास पौडेल नियुक्त भएका छन् । गत साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गरेको हो । पौडेलले सोही मितिदेखि उक्त पदको कार्यभार सम्हालेका छन् । यसअघि कम्पनीको सीईओ विष्णु पाण्डेले राजिनामा दिएपछि उक्त रिक्त पदमा पौडेल नियुक्त भएका हुन् । कम्पनीको गत असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले पाण्डेको राजिनामा स्वीकृति गरेको थियो ।

जनता क्यापिटल सञ्चालनमा आउदै, सीईओ नियुत्तिका लागि माग्यो आवेदन

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि सहायक कम्पनी स्थापना गरेको छ ।बैंकले जनता क्यापिटल लिमिटेड स्थापना गरेको हो । क्यापिटललाई सञ्चालनमा ल्याउन जनताले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्त गर्न लागेको छ । अगष्ट १० तारिखसम्म दरखास्त दिन कम्पनीले भनेको छ । व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, तथ्याँकशास्त्र, लेखामा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने छ ।