अनिल शाह नविल बैंकको सीईओमा बढुवा
काठमाडौं । नविल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बढुवा गरेको छ । ६ महिनादेखि डेपुटी सीईओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका शाहलाई नविल बैंक सञ्चालक समितिले सीईओमा बढुवा गरेको हो । मेगा बैंकमा २ कार्यकाल पुरा गरेर सेञ्चुर कमर्सियल बैंकको सीईओ नियुक्त भएका शाहलाईबीचमै नविलले सीईओ नियुक्त गरेको थियो । सेञ्चुरीलाई धोका दिएर नविल जाने निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्था गरेर शाहलाई रोकेको थियो । राष्ट्र बैंकले एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतले अर्काे बैंकमा जानु अघि ६ महिना आराम गर्नुपर्ने व्यवस्था ल्याएको थियो । केन्द्रिय बैंकले सीईओ बन्न अंकुश लगाएपछि नविलले शाहलाई डेपुटी सीईओ नियुक्त गरेको थियो । ६ महिनामा डेपुटी सीईओको भूमिकामा नविलको व्यवस्थापन सम्हालेका शाहले आफु नविल बैंकको सीईओमा बढुवा भएको र शुक्रबारदेखि नै सीईओका कार्यभार सम्हालेको शाहले जानकारी दिए । उनी मेगा बैंक जानु अघि पनि नविलकै सीईओ थिए ।
यूनाईटेड इन्स्योरेन्सको कामु सीईओमा रमेशकुमार भट्टराई
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । असार १ गते बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेनसका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको हो । इन्स्योरेन्सको पूर्व सीईओ शेखर बरालको राजिनामा पश्चात कम्पनीले असार ४ गते(भोलि)देखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको हो । साथै, रिक्त हुन आएको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि नवनियुक्त भट्टराईले कम्पनीको कामु सीईको कार्यभार सम्हाल्ने छन् ।
नीति आयोगको उपाध्यक्षमा डा.देवकोटा नियुत्त
हेटौँडा । प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ । यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ । अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो । रासस