गुहेश्वरी मर्चेण्ट बैंकिङ्गका अध्यक्ष श्रीमान श्रेष्ठद्धारा शपथ ग्रहण
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष श्रीमान श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट शपथ लिएका हुन् । साथै, संचालक सरोजनी श्रेष्ठ, रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र राजेश मानन्धरले अध्यक्ष श्रीमान श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । संस्थाको १७औँ वार्षिक साधारण सभाबाट संचालक पदमा श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट तथा डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धर सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित भएका थिए ।
८०० सय युवाले भरे बेरोजगारी फाराम, आत्मनिर्भर तथा स्वरोजगार बन्ने लक्ष्य
अछाम । बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन् । यस्तै धनलक्ष्मी रोजगार कार्यक्रममा चौरपाटीमा ४३ र चौखुट्टेमा २८ जनाले तथा धनलक्ष्मी बायो टेक्नोलोजीतर्फ चौरपाटीमा ६४ र चौखुट्टेमा २२ जनाले आवेदन दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए । रोजगार मेलामा १८ वर्ष पूरा भई ५८ वर्ष ननाघेका बेरोजगारले फाराम भरेका छन् । गाउँपालिकाले श्रम तथा रोजगार कार्यालय धनगढी र स्थानीय गैरसरकारी संस्था वाक नेपालसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको युवा रोजगार मेलामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन, आत्मनिर्भर र स्वरोजगार बनेका युवाका स्थानीय उत्पादन प्रदर्शनी, युवा प्रशिक्षण तथा खुला अन्तर्क्रिया कार्यक्रम गरिएको थियो । मेलामा युवालाई व्यावसायिक बन्नका लागि प्रशिक्षण, बेरोजगारको तथ्याङ्क विष्लेषण, युवासँग खुला अन्तर्क्रिया, उद्यमशीलताबारे जानकारी र लघु तथा घरेलु उद्योगका विषयमा बृहत्रुपमा छलफल गरिएको थियो । नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावलले सो मेलाको उद्घाटन गरेका थिए । रासस
लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई अगामी चार वर्षसम्मको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।