नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको राजीनामा
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । कार्यकाल छ महिना बाँकी छदै राजीनामा गरेका हुन् । खड्काले प्रधानमन्त्री, उद्योगमन्त्री र निगमका लागि राजीनामा दिएको बताएका छन् । निगमको जग्गा खरिदमा विवादित बनेपछि उनी निलम्बनमा परेका थिए ।
बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले असार १ देखि अवकास पाउने
काठमाडौं । बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि सेवा निवृत्त हुने भएका छन् । ५८ बर्षे उमेर हदका कारण कार्की सेवा निवृत्त हुन लागेका हुन् । कार्की हाल बीमा समितिका अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् । उनले बीमा समितिको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हालिरहेका छन् । बीमा समितिमा अध्यक्षपछि कार्यकारी निर्देशलाई शक्तिशाली मानिन्छ । कार्यकारी निर्देशक नै बीमा समितिमा कर्मचारी तर्फको उपल्लो पद हो ।
मिसन डेभलपमेन्ट बैंकको सीईओमा पुनः हरिप्रसाद घिमिरे
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिप्रसाद घिमिरेको पुनःनियुक्ती भएको छ । घिमिरेले गत जेठ १९ गतेदेखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । गत जेठ १९ देखि पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले थप ४ वर्षका लागि घिमिरेलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । उनले २०७० साल जेठ १९ गतेदेखि पहिलो कार्यकाल सम्हालेका थिए । उनको ४ वर्षे कार्यकालमा बैंकले राम्रो वित्तीय प्रगति गरेपछि सञ्चालक समितिले आगामी ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।