एनसीसी बैंकले माग्यो ११ जना कर्मचारी, डेपुटी चिफ एक्जुकेटिभ देखि म्यानेजमेन्ट ट्रेनीसम्म
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि(एनसीसी बैंक) ले विभिन्न पदका १४ जना कर्मचारी माग गरेको छ । डेपुटी चिफ एक्जुकेटिभ १ जना, डेपुटी जेनेरल म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर २ जना र म्यानेजमेन्ट ट्रेनी १० जना गरी १४ जना कर्मचारी माग गरेको हो । सम्बन्धित पदमा योग्यता पुगेका पुगेका व्यक्तिले जुन २६ तारिक(असार ११ गते)सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
एनआइसी एसियामा ८६ जनालाई जागिर खुल्याे, डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्म अबसर
काठमाडौँ । एनआइसी एसिया बैंकमा ८६ जनालाई जागिरको अवसर खुलेको छ । बैंकले डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्मका कर्मचारीको लागि आवदेन माग गरेको हो । डेपुटी म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर १ जना, सिनियर अफिसर १ जना, चिफ अफ सब प्रोभेन्सिय अफिस(सिनियर अफिसर) १४ जना, ह्यूमन रिसोर्स अफिसर १ जना, रिलेसनसिप म्यानेजर(जुनियर अफिसर ५० जना), ह्यूमन रिसोर्स(जुनियर अफिसर) ५ जना, इन्टरनल अडिट(जुनियर अफिसर) ५ जना, बिजनेश प्रोसेस( जुनियर अफिसर) ५ जना, कन्जुमर केयर म्यानेजर १ जना र कन्जुमर केयर सुपरभाइजर २ जना गरी ८६ जना कर्मचारी माग भएको हो । माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले जुन २६ तारिख(असार ११ गते) सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि ५ वर्षको बैंकिङ अनुभव भएका, म्यानेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण र २५ देखि ५० वर्ष भित्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । त्यसैगरी, सिनियर असिस्टेन्ट, सुपरभाइजर, सिनियर अफिसर, जुनियर अफिसर पदमा म्यानेजमेन्टमा स्नातक उत्तीर्ण, ५ वर्षको बैंकिङ अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।
सामुदायिक लघुवित्तमा ६२ जनालाई जागिरको अवसर, कुन कुन पदमा खुल्यो विज्ञापन ?
काठमाडौँ । बनेपा-१४ साङ्गामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६२ जनालाई जागिरको अवसर खुलेको छ । सुपरीवेक्षकदेखि नायब सामुदायिक विकास परिचालकसम्मको लागि आवेदन माग गरिएको हो । निकट भविश्यमा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेकाले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा कर्मचारी आवश्यक रहेकाले १५ दिनभित्र इच्छुक व्यक्तिहरुलाई आवेदन दिन संस्थाले मंगलबार सूचना प्रकाशित गरेको छ । सुपरीवेक्षक १ जना, नायब सुपरीवेक्षक १ जना, मुख्य प्रबन्धक ३ जना, वरिष्ठ प्रबन्धक ३ जना, प्रबन्धक २ जना, नायब प्रबन्धक ३ जना, उपप्रबन्धक ७ जना, बरिष्ठ सामुदायिक विकास परिचालक ५ जना, सामुदायिक विकास परिचालक ९ जना र नायब सामुदायिक विकास परिचालक २८ जना माग गरिएको हो । असार १० गतेभित्र संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ । साथै संस्थाको इमेल आईडी मार्फत पनि आवेदन दिन सकिने जनाइएको छ ।