सडक विभागमा केशव शर्मा, हटाईए श्रेष्ठ
काठमाडौं । सडक विभागको महानिर्देशक केशब कुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई हटाएर शर्मालाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनले आइतबारै नियुक्तिको पत्र बुझेका छन् । ‘आजै मात्र पत्र बुँझे, भोलीबाट कार्यालय सम्हाल्छु’, शर्माले भने । महानिर्देशक नियुक्त भएका शर्मा यस अघि सडक विभागकै वैदेशिक समन्वय महाशाखामा कार्यरत थिए । शर्माले आफ्नो नेतृत्वमा सडकहरुको तिब्र निर्माण र गुणस्तरियता अभिवृद्धि गर्ने प्रतिववद्धता व्यक्त गरे ।
फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गरिने
काठमाडौ । कर्मचारी अभावलाई पुरा गर्न सरकारले चैत महिनाभित्र २० हजार कर्मचारी भर्नाको तयारी सुरु गरेको छ। कर्मचारी समायोजनको काम पुरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रम रहेको कर्मचारी अभाव हटाउन नयाँ भर्नाको तयारी गरेको हो । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत महिना भित्रै करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरू भएको बताउदै भने,‘अब गरिने भर्ना फास्ट ट्रयाकबाट हुनेछ । फास्ट ट्रयाकबाट भर्ना गरेनौ भने प्रक्रिया लम्बन्छ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारी भर्ना गर्न फास्ट ट्रयाकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए । पण्डितले फास्ट ट्रयाकबाट कर्मचारी भर्ना गर्न लोकसेवा आयोगसँग परामर्श भइरहेका बताउदै यसमा आयोगले पनि सहमति जनाएको बताए। उनले भने, कर्मचारी भर्ना करिब करिब सबै प्रक्रिया टुंगिसकेको छ। यसमा अब हामी अन्तिम चरणा छौ।’ प्रदेश लोकसेवा आयोगको स्थापना नभएसम्म्म प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी संघीय लोकसेवा आयोगले भर्ना गर्न सक्ने व्यवस्था छ। सो व्यवस्था अनुसार यसपटक संघीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको पण्डितले जानकारी गराए। मन्त्री पण्डितले शबिार आफ्नो निवासमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कर्मचारी भर्ना गर्न सबैभन्दा ठूलो खुडकिलोको रूपमा रहेको कर्मचारी समायोजन प्रक्रिया टुंगिएको बताए। प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारीको विवरण संकलन गर्ने काम भइरहको बताउदै यसकोलागि ७ वटा टोली गठन गरिएको बताए। टोलीको रिपोर्ट पछि भर्नाकोलागि प्रक्रिया अघि बढाइउने उनले बताए। उनले भने,‘अहिले टोलीले काम गरीरहेको छ। रिपोर्ट आएलगत्तै प्रक्रिया अघि बढ्छ।’ लोकसेवा आयोगका प्रवक्ता किरण शर्माले भने सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी रिक्त विरणबारे सूचि प्राप्त नभएको बताए । उनले भने,‘अहिलेसम्म सूचि प्राप्त भएको छैन। सूचि प्राप्त हुने वित्तिकै प्रक्रिया अघि बढाउछौ ।’ पण्डितले आगामि असारसम्म्म सबै ठाउँमा पदस्थापनाको काम टुंग्याउने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुल्यो, कुन पदमा कति ?
काठमाडौँ । कर्मचारी सञ्चय कोषमा ३३ जनाको लागि जागिर खुलेको छ । कोषले आज कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी नौ तहको वरिष्ठ प्रबन्धक देखि ४ तहको सहायक पदसम्म खुला प्रतियोगिताद्वारा कर्मचारी माग गरेको हो । चैत १५ गतेदेखि नै आवेदशन दिन सकिने कोषले जनाएको छ । शुक्रबारदेखि २१ दिनसम्म आवेदन दिन सकिने छ । वरिष्ठ प्रबन्धक(प्रशासन)मा १, प्रबन्धकमा(प्रशासन) १, उपप्रबन्धकमा(प्रशासन) १, उपप्रबन्धक(चार्टड एकाउण्टेण्ट) ३, उपप्रबन्धक(वित्त विश्लेषक) २, सहायक प्रबन्धकमा(प्रशासन) १७, सहायक प्रबन्धकमा(कम्प्युटर) १ र सहायकमा(प्रशासन) ७ जना गरी ३३ जनाको लागि जागिर खुलाइएको हो । विस्तृतमा बिज्ञापन हेर्नुहोस्: