राजुरमण पौडेल बीमा समितिको कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा भएका छन् । बीमा समितिको सोमबार बसेको संचालक समिती बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो । पौडेलले यश अघि निमित्त कार्यकारी निर्देसकको रूपमा काम गरिरहेका थिए । पौडेलले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । उनले बीमा समितिको नियामकिय क्षमता सशक्त बनाउदै बिमाको पहुँच बिस्तारमा ध्यान दिने बताए ।

सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्राचार्य नियुक्त

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जेसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १४९ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल सेवा लघुवित्तको सीईओमा उद्धवचन्द्र श्रेष्ठ

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते बसेको संस्थाको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, श्रेष्ठले वैशाख ९ गतेदेखि आफ्नो पदभार ग्रहण गरेका कम्पनी सचिव राकेश श्रेष्ठले बताएका छन् ।