कोरियामा जाने नेपालीको तलब बढ्यो, मासिक न्यूनतम १७ लाख ४५ हजार वोन
काठमाडौं । सन् २०२० मा कोरिया जाने कामदारको न्यूनतम ज्याला/तबलमा वृद्धि भएको छ । कोरियामा २०२० का लागि सबै मजदुरको न्युनतम ज्याला २.९ प्रतिशतले वृद्धि भई प्रतिघण्टा ८ हजार ५ सय ९० वोन प्रतिघण्टा निर्धारण गरिएको छ । न्युनतम ज्याला समितिमा भएका मतदानपछि बहुमतको आधार उक्त ज्यालादर तोकिएको हो । न्युनतम ज्याला समितिको बैंठकमा १३ घण्टा लामो छलफल पछि सरकार पक्षले राखेको प्रस्ताव ८ हजार ५ सय ९० र मजदुर पक्ष सदस्यले राखेको ८ हजार ८ सय ८० वोनबीच मतदान गरिएको थियो । मतदान गर्दा सरकार पक्षले गरेको प्रस्ताव ८ हजार ५ सय ९० वोनको पक्षमा १५ मत खसेको थियो । त्यस्तै, मजदुर पक्षले प्रस्ताव गरेको ८ हजार ८ सय ८० वोन ११ मत परेको थियो । कोरियामा सामान्यतया हप्तामा ४० घण्टा तथा महिनामा २०९ घण्टामा काम गर्ने अभ्यास छ । महिनामा २०९ घण्टा काम गर्ने कामदारले कम्तिमा १७ लाख ९५ हजार ३ सय १० वोन प्राप्त गर्ने इपिएस नेपाल कोरियाले जनाएको छ । हप्तामा ४० घण्टा भनेको दैनिक ६ घण्टा भन्दा पनि कम हो । कोरियामा जाने नेपालीले दैनिक १२ घण्टाभन्दा बढी काम गर्ने भएकोले उनीहरुको कमाई ३५ लाख वोनभन्दा बढी हुनेछ । दक्ष जनशक्तिले त्यो भन्दा बढी ज्याला पाउनेछन् । कोरियाली मुद्रा १०० वोन बराबर नेपालीमा ९ रुपैयाँ ३६ पैसा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियामामा सन् २०१९ को लागि कामदारको ज्याला प्रतिघण्टा ८ हजार ३५० वोन तोकिएको थियो । त्यस्तै, सन् २०१८ मा नेपाली कामदारले प्रतिघण्टा ५ हजार ५३० वोन नेपाली कामदारले प्राप्त गर्ने गरेका थिए । सन् २०१७ र २०१८ मा कोरियामा ज्यालादर घटेको थियो । सन् २०१७ मा प्रतिघण्टा ६ हजार ४ सय ७० वोन रहेको थियो । त्यस्तै २०१६ मा दक्षिण कोरिया जाने नेपाली कामदारले प्रतिघण्टा ६ हजार ३० वोन पारिश्रमिक प्राप्त गर्ने गरेको तथ्याङ्ग नेपालका लागि कोरियाली भाषा परीक्षण केन्द्र इपिएस् जानकारी दिएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा सुवेदी नियुक्त
काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नबिन सुवेदी नियुक्त भएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र काबेली विकास बैंक आपसमा गाभिएर ७ जिल्ला कायम भई सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट कारोबार गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको जनाइएको छ । सञ्चालक समितिको बैठकले तत्कालीन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत सुवेदीलाई नै असार २२ गतेदेखि ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।
बैंक अफ काठमाण्डूको सहायक प्रमुख कार्यकारी अधिकृतमा बिमल डागा नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ । कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् । बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए । दिल्लीको श्रीराम कलेजबाट स्नातक साथै काठमाडौँ विश्व विद्यालयबाट एमबिए गरेका उनको नियुक्ति पछि बैंकले आगामी दिनमा कर्जा व्यवसाय र जोखिम व्यवस्थापनमा थप सुधार हुने विश्वास व्यक्त गरेको छ ।