समृद्धि फाइनान्सको सीईओमा टिका निधि लोहनी नियुक्त
काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निधिलाई सीईओ पदमा नियुक्त गरेको हो । संस्थाले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।
आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त
काठमाडौं । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै उनले आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस्, यस्ता योग्यता भएकाले दरखास्त दिन सकिने
काठमाडाैं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । यस्ताे छ कम्पनीले जारी गरेको सूचनाः