आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तकाे निरन्तरता
काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तले निरन्तरता दिने भएका छन् । संस्थाको सभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता दिने भएका हुन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको २७४औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गराएको हो । यससँगै नवनियुक्त अध्यक्ष पन्तले माघ ५ गतेदेखि नै आफ्नो नयाँ कार्यकालकाे कार्यभार सम्हालेका छन् ।
पूर्व मुख्यसचिव रेग्मी बेलायतकाे राजदूतमा नियुक्त
काठमाडाैं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।
मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले लिइन् शपथ
काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले आज (माघ ४ गते) नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभापछि बसेको बैठकले उनलाई संस्थाको अध्यक्ष पदमा नियुक्त गरेको थियो । तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका सेयरधनीकातर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण सेयरधनीकातर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । सभाले २३.५० प्रतिशत लाभांश स्वीकृत गरको छ । जसमध्ये नगद लाभांश ५.५ प्रतिशत र बोनस सेयर १८ प्रतिशत रहेको छ । बोनस सेयर बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय स्तरको संस्थाले हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्जशाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध गराउँदै आएको छ । सम्बन्धित समाचार मञ्जुश्री फाइनान्सको साढे २३ प्रतिशत लाभांश पारित, अध्यक्षमा घिमिरे चयन