प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् । यससँगै, दुबै सञ्चालकले मंसिर ३ गतेदेखि नै इन्स्योरेन्समा आफ्नो जिम्मेवारी सम्हाल्दै छन् ।

कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्त्तिक १२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थ मन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गरेको हो । सञ्चालक दुवाडीले गत कार्त्तिक २९ गते नै पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

एफएनसीसीआईका उपाध्यक्ष श्रेष्ठ बने धितोपत्र बोर्डको संचालक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अन्जन श्रेष्ठ पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि ढकालले उक्त पदमा राजिनामा दिएका थिए । ढकालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा महासंघले श्रेष्ठालाई पठाएको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले कार्त्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् । सो दिनको बोर्डको सञ्चालक समितिको बैठकमा सहाभागी जनाउँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।