कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप
काठमाडाैं । इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । यहा श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी मजदुर भित्र्याउन नसकेकाले यहा रहेका प्रवसी मजदुरलाई राहत मिलेको छ । प्रवेशाज्ञा तीनवर्षे अवधि वा चार वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिएकोे प्रवासी श्रमिक युनियन (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिए । यसरी प्रवेशाज्ञा थपिने भएपछि तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महीनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाईं अवधि पाँच वर्ष १० महिना हुनेछ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनःपहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रेवेशाज्ञा थप्न सक्नेछन् । यो निर्णयले दक्षिण कोरियामा अझै थप बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर मिलेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा भने कोरोनाका कारण प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ । रासस
सीबीआईएल क्यापिटलको सञ्चालकमा खड्का नियुक्त
काठमाडौं । सीबीआईएल क्यापिटलको सञ्चालकमा सुबास खड्का नियुक्त भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको सञ्चालकमा नियुक्त भएका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको डिसीईओमा गोरख राणा, बैंकिङ्ग क्षेत्रमा २७ वर्ष बढीको अनुभव
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकले नयाँ वर्ष २०२२ अर्थात पुस १७ गतेदेखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ । उनले धेरै उद्योग र नियामक फोरमहरूमा मानक चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन् । सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सामेल भएका उनी सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरे । जहाँ उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादिसम्मका विभिन्न पदमा काम गरेका छन् । र, अन्तिम नियुक्ति ग्लोबल बैंकिङको प्रमुखको रूपमा भएको छ ।