दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुवँर, नेपालका लागि पहिलाे महिला एमडी

काठमाडाैं । दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशक (एमडी)काे रूपमा नियुक्त गरेको छ । दराजले उनलाई दराज नेपालकाे एमडीमा नियुक्त गरेकाे हाे । एमडी कुवँरले दराज नेपालसँग आवद्द हुन पाउँदा उत्साहित भएकाे बताएकी छन् । कुवँरलेले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकाे अनुभव छ । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरेकी थिइन् । उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ । वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछन् । अहलरिङले भने, ‘दराजका लागि यो निकै सुनाैलाे समय हो, विगत ३.५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो।’ ‘हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुनेछ, म दराज समूह भित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ, आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु, ‘ उनले भने ।

नेपाल बङ्गलादेश बैंकको कामु सीइओ बने पाण्डे, २ दशक बढीकाे बैंकिङ अनुभव

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छने । बैंककाे सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ रुपमा काम गरिसकेका छन् । चार्टड अकाउन्टेन्ट पाण्डेलरे बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । गत पुसमा उनी बैंककाे सिनियर डेपुटी सीईओमा नियुक्त भएका थिए । बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाकाे कार्यकाल सकिएपछि उनी कामु सीईओ बनेका हुन् । बैंक स्राेतका अनुसार अब बैंक सञ्चालक समितिले उनलाई सीईओकाे रुपमा नै नियुक्त गर्ने तयारी पनि गरिरहेकाे छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

माछापुच्छ्रे क्यापिटलको कामु सीईओमा शर्मा नियुक्त, बैंकिङ्ग क्षेत्रमा २ दशक बढी अनुभव

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा गोविन्द प्रसाद शर्मा नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामुको जिम्मेवारी दिएको हो । बैठकले अर्को व्यवस्था नभए सम्मका लागि उनलाई कामुको जिम्मेवारी दिएको हो । यससँगै नवनियुक्त कामु सीईओ शर्माले माघ १ गतेदेखि नै लागू हुने गरी उक्त पदको कार्यभार सम्हाल्ने छन् । साथै, उक्त बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यको राजिनामा स्वीकृत समेत गरिसकेको छ । शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टससंगको गभिने प्रक्रियामा अग्रेणी भूमिका निर्वाह गरेका छन् । साथै, माछापुच्छ्रे बैंक लगायतका संस्थाहरुमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ ।