जनरल इन्स्योरेन्सको सञ्चालकमा ताम्रकार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अनिश ताम्रकार नियुक्त भएका छन् । उनी कुमारी बैंकको तर्फबाट इन्स्योरेन्सको उक्त पदमा नियुक्त भएका हुन् । कुमारी बैंक जनरल इन्स्योरेन्सको संस्थापक सेयरधनी हो । यसअघि उक्त बैंकबाट भोलानाथ ढुंगानाले प्रतिनिधित्व गर्दै आएका थिए ।
सेठियाको नेतृत्वमा निकासी पैठारी संघ, चयन भयो २१ सदस्यीय कार्यसमिति
काठमाडौं । आयात-निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट विनोदकुमार सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । संघद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा प्रभातकुमार सर्राफ चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा आकाश गोल्छा, ऋषिराज मोर, कुमार कार्की, गोविन्दलाल संघई, जयन्तकुमार अग्रवाल, पवनकुमार अग्रवाल र पवनकुमार संचेती निर्वाचित भएका छन् । त्यसैगरी, प्रदीप राजगाढिया, मदन मित्तल, मयंक केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, स्वाती रुंगटा अग्रवाल र सुमितकुमार वंशल कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् । संघको ४२औं वार्षिक साधारणसभाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए ।
युनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी, भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै २ वटा पदमा कर्मचारी मागेको हो । इन्स्योरेन्सले असिस्टेन्ट र अफिसरको लागि १(१ जना कर्मचारी मागेको छ । इन्स्योरेन्सका अनुसार असिस्टेन्टको लागि इनफरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स वा कम्प्युटर इन्जीनियरिङमा स्नातक र अफिसरको लागि सिए उत्र्तिर्ण गरेको हुनुपर्नेछ भने फाइनान्समा डिग्री गरेकालाई विशेष प्राथमिकता दिइने छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ २६ गतेभित्र इन्स्योरेन्सको वेवसाइटमा गएर आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।