राम्रो देश पठाइदिन्छु भन्दै ठग्ने चितवनका श्रीकृष्ण पक्राउ, ६ वर्ष जेल सजायसहित ६ लाख जरिवाना
काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् । तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको कलंकीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ । वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका उनले राम्रो पारिश्रमिक हुने भनी इजरायल जापान लगायतका वैदेशिक मुलुकमा पठाइदिने प्रलोभनमा पारेर पीडितहरुसँग ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।
लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ
काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शपथ लिएका हुन् । इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गराएको थियो । जसमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि) रहेका छन् । त्यसपछि बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कूल ४ सञ्चालकमध्ये मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गराउने निर्णय गरेको हो । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो । यो पनि पढ्नुहोस् लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
कर्मचारी सञ्चय कोषमा ५८ जनालाई खुल्यो जागिर
काठमाडौं । कर्मचारी सञ्चय कोषमा जागिर खुलेको छ । कोषले मंगलबार एक सूचना सार्वजनिक गर्दै कूल ५८ जनालाई जागिरको अवसर खुलेको जानकारी गराएको हो । कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ । जसमध्ये सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुन) १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ । यससँगै योग्य तथा इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै, सो मितिसम्म दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सक्ने व्यवस्था रहेको सूचनामा जनाइएको छ ।