सहकारीमा लाग्ने कर समान बनाउन माग

काठमाडौं । सहकारीकर्मीहरुले सहकारीलाई करमा विभेद गरेको गुनासो गरेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको ‘सहकारी ऐन र विभेदकारी कर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बचत सहकारीलाई कर छुट दिई उत्पादनशील क्षेत्रमा लागेका सहकारीलाई कर छुट नदिएको गुनासो गरेका हुन् । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले सहकारी ऐन सहकारीमैत्री नभएको बताए । सहकारी ऐन संशोधन गरी सहकारीमैत्री बनाउन कार्यदलले काम गरिरहेको उनको भनाइ छ । सहकारीले वित्तीय अनुशासन पालना गर्न कन्जुस्याई गर्न नहुने बताए । सहकारी नियमावलीले धेरै कोषको परिकल्पना गरेकाले सदस्यलाई नाफा नआउने अवस्था आएको बताए । नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण मात्र कारोबार गरेर नहुने बताए । सहकारी क्षेत्रमा पुँजी भित्रिन नदिने चलखेल भएको उनको भनाइ छ । उनले सन्दर्भ ब्याजदर र स्प्रेडदर निर्धारणमा जटिलता भएको भन्दै नियमक निकायले अंकुश लगाउन खोजेको आरोप लगाए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीका कमजोरी हटाउन सबै लाग्नुपर्ने बताए । ‘राज्य सहकारीमैत्री छैन्,’उनले भने । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले नियतबश बहुउद्देश्यीय सहकारी बन्द गराउन खोजिएको बताए । ‘सहकारीलाई बचतमा जान वाध्य पारिएको छ’ उनले भने,‘यसले सहकारीमार्फत आर्थिक संमृद्विमा समस्या पर्न सक्छ ।’ काठमाडौं जिल्ला बचत संघ –कास्कुन)का सचिव शालिकराम पुडासैनीले सहकारीमा विकराल स्थिति भएको भन्दै सुद्विकरण अभियान चलाउन आवश्यक भएको बताए । सहकारीले नियत खराब राखेर सदस्यको सम्पत्ति लिलाम गर्ने गरेको बताए । ‘विभागकै कर्मचारीले लिलामीको ढाँचा तयार गरिदिन्छन्’ उनले भने । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सरकारले सहकारीलाई विभेद गरेको आरोप लगाए । उत्पादन सहकारीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा सरकारले बहुउद्देश्यीयलाई बचतमा जान वाध्य पारेको उनको भनाइ छ ।

राष्ट्रिय बाणिज्य बैंकबाट सिटी एक्सप्रेसको रेमिटेन्स भुक्तानी पाइने

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटेन्स राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जेठ ६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष(ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरे ।

सिटिजन्स म्युचुअल फण्डको इकाई खुला, एक हजारदेखि २० कराेडसम्मको आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दोस्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड–२ को ८५ करोड रुपैंया बराबरका ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिहीबारदेखि खुला गरिएको हो । यसको आवेदन मिति छिटोमा १३ गते बैंकिङ समयमा बन्द हुनेछ । १ अर्बको फण्डमध्ये १५ प्रतिशत अर्थात् १५ करोड रुपैंया बराबरका १ करोड ५० लाख ईकाई भने इकाई कोष प्रवद्र्धक श्री सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई सुरक्षित राखिएको छ । उक्त इकाईका लागि अन्य आईपीओजस्तै आफ्नो डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंकका शाखा कार्यालयमार्फत् तथा मेरो शेयरका प्रयोगकर्ताले सो एपमार्फत् समेत आवेदन दिन सक्नेछन् । यो म्युचुअल फण्ड क्लोज बाउन्डेड प्रकृतिको योजना हो । यसको परिपक्व अवधि ७ वर्षको हुनेछ । आवेदकले न्यूनतम १०० इकाईदेखि २ करोड इकाईसम्म आवेदन गर्नसक्ने कोष व्यवस्थापक सिआईबीएल क्यापिटलले जनाएको छ । यस फण्डको प्रवद्र्धक भने सिटिजन्स बैंक हो ।