काठमाडौं महानगरकै पहिलो होमस्टे हाडीगाउँमा, तयार भयो जनशक्ति
काठमाडौं । काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) संचालन हुने भएाको छ । पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे संचालन गर्ने तयारी गरिएको छ । होमस्टे संचालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको आयोजक संस्था त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन् । ‘हामीले यहि असार १९ गतेदेखि २३ गतेसम्म होमस्टे संचालन गर्न सैद्धान्तिक ज्ञान लियौ,’ उनले भनिन् ‘ अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे संचालन गछौं ।’ नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं हाडीगाउँ भन्दै उनले थपिन् ‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने छ ।’ होमस्टेको प्रवद्र्धनका निम्ति व्यवहारिक ज्ञान आवश्यक भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए । त्रिशक्ति महिला समूहले सोमबार गहनापोखरीमा आयोजना गरेको पाँच दिने होमस्टे तालिम समापन समारोहलाई सम्बोधन गर्दै ढकालले भने ‘ सैद्धान्तिक ज्ञान लिएपछि त्यसलाई व्यवहारिक बनाउन औपचारिक तालिम लिनैपर्छ ।’ यस्तो तालिमको अवसर सबैले नपाउने भएकोले माग भएका र आवश्यकता औल्याइका स्थानमा दिइनुपर्ने उनको भनाइ छ । उनले त्रिशक्ति महिला समूहलाई पनि व्यवहारिक ज्ञान दिलाउन नाथमले निःशुल्क खानपान कुकिङको एकहप्ते तालिम दिने बताए । आगामी साउन पहिलो साता नै प्रयोगात्मक ज्ञान हासिल गरेर होमस्टे संचालन गर्न समेत उनले सुझाए । कार्यक्रममा ढकालले आवश्यक तयारीका साथ समूह आफैं सक्रिया भएर उपयुक्त प्रस्ताव लिएर आएमा आवश्यक सहयोग गर्न सकिने पनि बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सुशीला बरालले महिला समूहले काठमाडौंमा नै सामुदायिक होमस्टे सुरु गर्न तालिम लिनु सुरुवाती चरण मात्रै भएको बताइन् । आधारभूत होमस्टले तालिमले प्रारम्भिक ज्ञान मात्रै दिएकोले व्यवहारिक ज्ञानसहित थप प्रोत्साहन र क्षमता विकासको काम गरिरहनुपर्ने उनले औल्याइन् । तालिम र ज्ञान भनेको एक पटकको मात्रै पूर्ण नहुने र पटकपटक आवश्यक पर्ने पनि बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरका ५ नम्बर वडा अध्यक्ष रमेश डंगोलले ठाउँ विशेषको महत्व दर्शाउन र आफ्नो स्थानको पहिचान दिलाउन होमस्टे प्रभावकारी हुँदै गएको बताए । उनले आर्थिक उपार्जनको माध्यम बन्न सक्ने र पर्यटनको पछिल्लो समयको प्रभावकारी माध्यम पनि होमस्टे नै भएको बताए । सोही कार्यक्रममा प्रा.डा प्रेम शर्माले नेपाली होमस्टेको प्रवद्र्धन गर्न हरेक सामूदायले आ आफ्नो ढंगबाट कार्यक्रम अगाडी सार्नुपर्ने अवाश्यकता औलाए । होमस्टे तालिमका लागि थप व्यवहारिक ज्ञान हासिल गर्न त्रिशक्ति महिला समूहका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता उद्धव केसीले सहयोग गर्ने बताए । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण तालिम संचालन गरिएको हो ।
स्वावलम्बन लघुवित्तले ३ लाख ७७ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गरिने भएको छ । प्रति सेयर मूल्य ३ सय रुपैयाँ रहेको छ । सो भन्दा बढी मूल्य अंकित गरी असार ३१ गतेदेखि साउन २९ गतेसम्म प्रति सेयर के कति दर रेटमा लिन कबुल गर्ने हो सो को शिलबन्दी बोलपत्र आवेदन बिद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १०० कित्ताको लागि आवदेन दिनु पर्ने र अधिकतम सेयर संख्याको लागि भने कुनै हद नलाग्ने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
फाइनान्सियल टेक्नोलोजी सबैभन्दा चुनौती: गभर्नर नेपाल
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले फाइनान्सिय टेक्नोलोजी सबैभन्दा चुनौतीको विषय बन्दै गएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको बढ्दो उच्च लागतका कारण मर्जरमा जानु परेको बताउँदै उनले भने- ‘प्रविधिमा दिनप्रतिदिन लगानी बढ्दै गएको छ ।’ सूचना प्रविधिमा ठूलो लगानीको आवश्यकता छ, उनले थपे- ‘बैंक तथा वित्तीय संस्था सवल भए लगानी बढाउन सक्छन् ।’ नीति नियम समय अनुसार परिवर्तन र परिमार्जन गर्नुपर्ने संकेत गर्दै सवल र बलियो बैंक बनाउन मर्जर आवश्यकता भएको जानकारी दिए । राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । नियामक निकायले लिएको नीतिलाई सबैपक्षबाट सहयोग गर्न समेत उनले आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्रलाई हेरेर राष्ट्र बैंकले नीति नियमहरू निर्माण र परिमार्जन गर्ने हो,’ उनले भने ।