विजय लघुवित्तले स्वेडालाई एक्वीजिशन गर्ने, चुक्ता पूँजी अब २१ करोड
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वीजिशन गर्ने भएको छ । स्वेडालाई प्राप्ती गर्नको लागि असार २६ गते समझदारीमा हस्ताक्षर भएको विजय लघुवित्तका कम्पनी सचिव नारायण सापकोटाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई जानकारी गराएका छन् । कम्पनी सचिव सापकोटाका अनुसार १९ करोड ४८ लाख चुक्ता पूँजी भएको विजय लघुवित्तको स्वेडालाई प्राप्ती गरेपछि २१ करोड चुक्ता पूँजी पुग्नेछ । विजयको केन्द्रीय कार्यालय नवलपरासीको गैँडाकोट हो भने स्वेडाको केन्द्रीय कार्यालय धादिङको धार्केमा रहेको छ । विजयले ३६ जिल्ला र स्वेडाले ११ जिल्लामा सेवा दिंदै आएको विजयका कम्पनी सचिव सापकोटाले जनाएका छन् ।
१२४५९ पाए घोडीघोडाको १० कित्ता सेयर, २७३५९६ जनाको हात खाली
काठमाडौँ । शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । २ लाख ८६ हजार ५५ ले आवेदन भरेकोमा १२ हजार ४ सय ५९ आवेदकले १०-१० कित्ताका दरले पाएका सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ४९० जनाको आवेदन रद्ध भएको थियो भने आइपीओका लागि आवेदन भर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ । आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ
बेष्ट फाइनान्सका अध्यक्ष प्रधानले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन । बिहिबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कामु कार्यकारी निर्देशक बमबहादुर मिश्रले अध्यक्षमा चयन भएका प्रधानलाई शपथ ग्रहण गराएका हुन् । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट निर्देशकहरु नरेन्द्र सिंह विष्ट, विरेन्द्र दत्त अवस्थी, दीपक पोखरेल तथा बेष्ट फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । असार २२ गते बसेको फाइनान्स कम्पनीको संचालक समितिको ४७६औं बैंठकबाट संचालक समितिको अध्यक्षमा प्रधानलाई सर्वसम्मत चयन गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।