बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्सको बोनस सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा थपिएको हो । सो मध्ये बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हनार २७० कित्ता बोनस नेप्सेम थपिएको हो ।

लहानमा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुरु गर्यो कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट मिति २०७५ फागुन २ गते ‘घ’वर्गको प्रादेशिक स्तरको इजाजत पत्र प्राप्त स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा वित्तीय कारोबार शुभारम्भ गरेको छ । विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रबर्तित सिरहाको लहानमा केन्द्रीय कार्यालय रहेको संस्थाको कार्यक्षेत्र प्रदेश नं. २ का लक्षित वर्गलाई वित्तीय सेवा उपलब्ध प्रमुख कार्यकारी अधिकृत बिजेन्द्र चौधरीले बताए ।

नेपाल स्टक एक्सचेञ्जमा धर्ना बस्न खोज्ने शेयर लगानीकर्ता पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा त्यहाँबाट हटाउँदै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो । सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । समूहका प्रतिनिधि तिलक कोइरालाले पूँजी बजारलाई विशेष क्षेत्र तोकी प्राथमिकता दिनेलगायत विगतमा भएको सहमति अर्थ मन्त्रालयबाट कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण गराउन शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताए ।