सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई ११ प्रतिशत लाभांश बितरण गर्ने
काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि.को साउन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११% (कर सहित) का दरले हुन आउने रकम रु १६,५०,००,०००/-(अक्षरेपी सोह्र करोड पचास लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
नेप्सेमा सामान्य सुधार, ३१ करोड ६६ लाखको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ । लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६.९३ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स ५।६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेशनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए । यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५५ प्रतिशतले गुमाए ।
साताको पहिलो दिन परिसूचक घट्यो, २९ करोडको मात्रै कारोबार
काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २.९५, होटल १४.४८, विकास बैंक ९.२७, जलविद्युत् ९.६७, निर्जीवन बीमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बीमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक रु एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको रु एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.५० प्रतिशतले कमाउदा मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३.१० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाए । यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९.६४, दिव्यश्वरी हाइड्रोपावर ६.७५, नबिल इक्विटी फण्ड ४.०८ र नेशनल माइक्रोफाइनान्सका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।