हिमाल दोलखाकोे आइपीओ असार २५ गतेदेखि, १ लाख कित्तासम्म भर्न पाइने

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुल्ने भएको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणलाई, १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीलाई र २५ हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्रहरु इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माइ नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।

दोहोरो अंकले बढ्यो नेप्से, पार्टनर खोज्ने गृहकार्यमा रहेका बैंकहरुको कारोबार उच्च

काठमाडौँ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तश्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार ११.२ अंकले बढेको हो । ०.८९ प्रतिशतले बढ्दा परिसूचक १२५३.०६ बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १७० कम्पनीका १४ लाख ६६ हजार ८९७ कित्ता सेयर किनबेच हुँदा ४२ करोड ९४ लाख ७७ हजार २८८ रुपैयाँको कारोबार भयो । आज ट्रेडिङ उत्पादनमूलक र अन्य समूह राताम्मे भयो भने बाँकी समूहमा हरियाली छाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ । बैंकिङ समूह ११.४२, होटल समूह १४.०४, विकास बैंक समूह ८.९३, जलविद्युत समूह ६.६८, वित्त समूह ०.५९, निर्जीवन बीमा समूह १०७.३३, लघुवित्त समूह १३.४४, जीवन बीमा समूह ८७.२२ र म्युचुअल फण्ड ०.०८ अंकले बढेका छन् । यता ट्रेडिङ समूह २.६२, उत्पादनमूलक समूह २.६४ र अन्य समूह ०.८३ अंकले घटेका छन् । आज कारोबार रकमका आधारमा मेगा बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड क्रममा पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौँ स्थानमा रहे । ती बैंकको क्रमशः रु. ४९५५००४९, २५४३२२३६, २४८०२३४३, २४५५६९२८ र १९२९८७३१ को कारोबार भयो । बजार बढेको दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.८८ प्रतिशतले गुमाएका छन् ।

२.८६ अंकले घट्यो नेप्से, कारोबार रकमपनि न्यून

काठमाडौँ । साताको दोश्रो दिनपनि नेप्से परिसूचक घटेको छ । सोमबार २.८६ अंकले घटेको हो । ०.२३ प्रतिशतले घट्दा परिसूचक १२४२.०३ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँको कारोबार भयो । आज विकास बैंक, जलविद्युत, उत्पादनमूलक र जीवन बीमा समूह बाहेक अरु बाँकी समूह राताम्मे भए । बैंकिङ समूह ३.५४, होटल समूह १९.३९, वित्त समूह १.८९, निर्जीवन बीमा समूह ३.०७, अन्य समूह ४.७२, लघुवित्त समूह ०.२६ र म्युचुअल फण्ड ०.०७ अंकले घटेका हुन् । त्यसैगरी विकास बैंक समूह २.७६, जलविद्युत समूह १.११, उत्पादनमूलक समूह ४.८९ र जीवन बीमा समूह ३.१५ अंकले बढेका छन् । आज धेरै कारोबार हुनेमा नेपाल बैंक लिमिटेड पहिलो, प्रभु बैंक दोश्रो, शिवम् सिमेन्ट तेश्रो, एनआइसी एसिया बैंक चौथो र हिमालयय डिस्टिलरी लिमिटेड पाँचौँ स्थानमा रहे । कारोबार रकम क्रमशः रु. २६२०७४९८, १९२९४३२९, १७९३२६१२, १७५४१८४८ र १२६०५९९० रह्यो । बजार घटेको दिन आज सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी ४.८७ प्रतिशतले नाफा आर्जन गरेका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ४.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।