आइतवारदेखि सहकारीले १६ प्रतिशत मात्रै ब्याज लिन पाउने

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशतमा नबढ्ने गरि तोकिएको हो । सहकारी नियमावली,२०७५ मा भएका व्यवस्था बममोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिले सन्र्दभ ब्याजदर निर्धारण गर्नुपर्ने आधार सिद्धान्तहरुलाई अबलम्बन गर्दै साउन १९ गते आइतबार लागु हुने गरि ब्याजदर निर्धारण गरेको जनाइएको छ । सहकारी विभागका रजिष्टार तथा सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक टोकराज पाण्डेले मुलुकभरका करिब ३४ हजार सहकारी संस्थाहरुका लागि लागुहुने गरि ब्याजदर निर्धारण गरेको बताउँदै यसले आम सर्वसाधरण र ऋणीहरुलाई थोरै भएपनि सहयोग पुग्ने बताए । संयोजक पाण्डेले ब्याजदर सूचकलाई आधार मानेर निर्णय गरेको बताउँदै सम्पूर्ण सहकारी संस्थाहरुको सुझाव सल्लाहहरु समेटेर १६ प्रतिशत ब्यादजर निर्धारण गरेको जानकारी दिए । यो नीतिले विभिन्न समयमा सहकारीहरुमा आउने गुनासाको अन्त्य हुने अपेक्षा गरेको संयोजक पाण्डेले भने । सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्यादजर १६ प्रतिशतमा नबढ्ने तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटि रहने गरी सन्दर्भ ब्याजदर तोकिएको विभागले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले उठायो १६ करोड राजश्व, बढी विदेशी पर्यटकबाट

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ लाख २३ हजार २२१ र आन्तरिक पर्यटकबाट रु ७२ हजार २३० राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिएका छन् । त्यस्तै, गाइडबाट रु ३१ लाख ८१ हजार ८४९, हेलिकप्टर अवतरण गरेबापत रु एक करोड १३ लाख ७१ हजार ६४४, विदेशी टोलीको क्याम्पियनबाट रु आठ लाख ८२ हजार ७४१ सङ्कलन भएको सूचना अधिकारी चौधरीको भनाइ छ । सहासिक पर्यटकीय गतिविधिबाट रु दुई लाख ८५ हजार ८७४ सङ्कलन भएको छ । यस्तै कार्यालयले रु छ लाख ६० हजार बेरुजु असुल गरेको छ भने निकुञ्जको नियमविपरीत कार्य गरेबापत दण्ड जरिवानाबाट रु १ लाख ७१ हजार ६९४, काठ निकासी गरेबापत रु एक लाख ९८ हजार ६७५ राजस्व सङ्कलन गरेको उनले जानकारी दिएका हुन् । यसरी, निकुञ्जले विदेशीबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु १ हजार ५० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेबापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ । रासस

डिप्रोक्स लघुवित्त मर्जरमा जाने, ४ सदस्यीय समिति गठन

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक यज्ञप्रसाद शर्मा संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा सञ्चालक भृगुऋषि दवारी र रमेशकुमार रघुबंशी रहेका छन् भने सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहेका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने÷गाभिने र प्राप्ती गर्ने नीतिलाई सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।