एनएमबी सुलभ र हाइब्रिड फण्डका इकाईधनीले १५ र १० प्रतिशतका दरले प्रतिफल पाउने

काठमाडौँ । एनएमबी म्युचुअल फण्ड अन्तरगत सञ्चालनमा रहेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड एल–१ को प्रतिफल घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले एनएमबी सुलभ फण्ड–१ का इकाईधनीहरुलाई आव २०७५/०७६ को मुनाफाबाट १५ प्रतिशतका दरले प्रतिफल दिने निर्णय गरको हो । त्यसैगरी एनएमबी हाइब्रिड फण्ड एल–१ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले मुनाफा दिने निर्णय भएको एनएमबी क्यापिटल सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीलाई १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगत सञ्चालित पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीलाई ८ करोड ३५ लाख २० हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसैबीच, एनआईसी एशिया ग्रोथ फण्डको प्रति इकाई मूल्य रु. १० का दरले १२ करोड ५० लाख इकाई साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रमुख कार्यकार्र अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।

सबैको लघुवित्तको आइपीओ बाडफाँट, ४९ हजार ५२५ जनाले पाए १०-१० कित्ता

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट शुक्रबार भएको छ । आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको थियो । सबैको लघुवित्तको आइपीओ आजदेखि, १० देखि २००० कित्तासम्म भर्न पाइने