नेशनल माइक्रो फाइनान्सद्धारा कुखुरा पालन तालिम संचालन
काठमाडौं । नेशनल माइक्रोफाइनान्सकाे शाखा कार्यालय सुडाद्धारा २ दिने व्यवसायी कुखुरा पालन तालिम’ को शुरुवात गरेको छ । कंचनपुरमा रहेकाे साे शाखा फाइनान्सबाट समुहमा आवद्ध व्यवसायिक कुखुरापालक कृषकहरुको लागी २ दिने सिपमुलक तालिम शुरुवात गरेको हो । महिला कृषकहरुको ज्ञान,सिप र क्षमताअभिबृद्धिगदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिकालागी सुदा फार्मको निजि कोठामा तालिमको आयोजना गरेको छ । संस्थाका शाखा प्रमुख उन्नती बांस्तोलाको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि बेदकोट नगरपालिका प्रमुख अशोक कुमारचन्द र बरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले पानसमा वत्ती बालेर संयुक्त रुपमा कार्याक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बोल्दै नगर प्रमुखचन्दले छोटो समयमानै यस क्षेत्रको बिकास र समृद्दिका निमित्त साथै उत्पादन-ब्यवसायमा महिला सहभागीताका लागि संस्थाले गरेको प्रयास तथा कार्यका लागी नेशनल माइक्रोफाइनान्सलाई व्यवसायको विस्तार र त्यसले देशमा पुयाउन सक्ने योगदान र नगरपालिका लगायत सम्पुर्ण साझेदार निकायको सहयोग र योजनाकालागी कृषक चनाखो हुनुपर्ने र कृषिको विकास र विस्तारीकरणका लागीनगरपालीका पुर्ण सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै बरिष्ठ पशु चिकित्सक डा.पानसिह ७ गुन्नाले कृषि क्षेत्रको भुमिका योगदान सम्भावना र कुखुरा पालनमा आउने अवसर एवम् जोखिम र यसले कृषि क्षेत्रमाल्याउने आकर्षण तथा व्यवसायीकता र स्वरोजगारीमा महिलाहरु कसरी लान सकिन्छ र भेटनरी कार्यालयले महिला तथा अन्य किसानलाई कसरी सहयोग तथा परिचालित गर्ने भन्ने वारे धारणा राखे । तालिम १५ र १६गते संन्चालन हुने र यो तालिम लगायत यस्ता कार्यक्रम नेशनल माइक्रोफाइनासले आगामी दिनमा सदस्यहरुलाई प्रदानगर्ने र सदस्यहरुले लधुउधम द्धारा जिविको पार्जनलाई व्यवस्थीत योजना संगै कार्यान्वयन गर्ने जानकारी दिएको छ । चालु आर्थिक वर्षको २०७५फाल्गुन मसान्त सम्ममा हिमाल, पहाड र तराईका गरीकुल ५० बटा शाखा कार्यालयहरु मार्फत संस्थाले देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका आफ्ना ७० हजार भन्दा वढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा रु ३ अर्व ३० करोड र बचत रु १अर्ब १७ करोडभन्दा वढी रकम सदस्यहरुवाट वचत गर्न सफल भएको संस्थाले जानकारी दिएकाे छ ।
नेप्से परिसूचक झण्डै दोहोरो अंकले बृद्धि, कारोबार रकमपनि बढ्यो
काठमाडौ । साताको पहिलो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ९.३२ अंकले बढेको हो । ०.७९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९१.६८ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ६९ लाख ३६ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ८ समूह हरिया देखिए भने २ समूह राताम्मे भए । बैंक समूह ४.९८, विकास बैंक समूह १.८३, जलविद्युत समूह ०.६९, वित्त समूह १.२७, निर्जीवन बीमा समूह १५३.७, उत्पादनमूलक समूह ०.३१, लघुवित्त समूह ३६.५१ र जीवन बीमा समूह १६७.५ अंकले बढेका छन् । होटल समूह ५.५ र अन्य समूह २.५६ अंकले घटेका छन् । सम्मीट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरे भने राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.५७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
सिन्धुलीको भीमानमा सेन्ट्रल फाइनान्सको नवौँ शाखा बिस्तार
काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको नवौँ शाखा सिन्धुली जिल्लाको भीमानमा उद्घाटन भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रजोजमान श्रेष्ठ, कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटा र सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारको पनि उपस्थिति रहेको थियो । कमलामाई क्षेत्रका ग्राहकहरुलाई अझ सर्वसुलभ रुपले बैंकिङ सेवाहरु प्रदान गर्ने उद्देश्यले नवौँ शाखा खोलेको र संस्थाको शाखा सञ्जाल बिस्तार गर्ने योजना अनुरुप यो शाखा सञ्चालन भएको सिइओ श्रेष्ठले बताए । संस्थाले ८ प्रतिशतसम्म ब्याज रहेको विभिन्न प्रकारका बचत योजनाहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै ३ महिनादेखि ६ वर्षको अवधिमा विभिन्न प्रकारका मुद्दती निक्षेप योजनाहरु सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले २०७५ साल चैत ५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गरेको जनाएको छ । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको कुनैपनि शाखाबाट रकम जम्मा र भुक्तानी गर्न सकिने एबीबीएस सुबिधा सहित काठमाडौँको चावहिल, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरामा शाखा कार्यालय सञ्चालनमा रहेको छ । संस्थाको चुक्तापूँजी ८२ करोड ३४ लाख, निक्षेप ३ अर्ब २० करोड र लगानी लगानी ३ अर्ब रहेको सिइओ श्रेष्ठले बताए । सेन्ट्रल फाईनान्स लिमिटेडले तत्कालिन कम्पनी ऐन २०२१ बमोजिम मिति २०५३ बैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०५४ साल बैशाख २ मा वित्तीय कारोवार गर्ने राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त गरी विगत २२ बर्ष देखि वैकिङ्ग कारोवार संचालन गर्दै आएको छ ।