सिभिल क्यापिटलको विशेष साधारण सभा, चुक्ता पूँजी २५ करोड पुर्याउने प्रस्ताव पारित

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा विहीबार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको चुक्ता पूँजी २५ करोड हुने प्रस्ताव पारित गरेको छ । जसमध्ये कम्पनीका संस्थापकले तत्काल कबुल गरेको चुक्ता पूँजी २१ करोड २५ लाख हुने छ । सो पूँजीलाई प्रति शेयर १०० का दरले २१ लाख २५ हजार कित्ता साधारण शेयरमा बिभाजन गर्ने प्रस्ताव पनि पारित गरेको जनाइएको छ । कम्पनीले जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणको लागि छुट्याएको जनाएको छ ।

झिनो अंकले नेप्से घटेर बिदा भयो २०७५ साल, कारोबार रकम पनि घट्यो

काठमाडौ । २०७५ सालको शेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । साताको अन्तिम दिन ०.५९ अंकले घटेको छ । परिसूचक ०.०५ प्रतिशतले बढ्दा ११८४.०२ बिन्दुमा पुगेको छ । सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १२ लाख ५१ हजार २ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा ३९ करोड ६४ लाख २१ हजार ५ सय १ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेमा ४ सूचक राताम्मे देखिए भने अरु समूहमा हरियाली छायो । बैंक समूह ०.५५, विकास बैंक समूह १.२९, जलविद्युत समूह ०.३८, निर्जीवन बीमा समूह ५.७२, लघुवित्त समूह ०.०३ र जीवन बीमा समूह ९.१३ अंकले बढेका छन् । त्यसैगरी, होटल समूह ०.५५, वित्त समूह ३.४२, उत्पादनमूलक समूह ३१.८५ र अन्य समूह ३.०३ अंकले घटेका छन् । बजार घटेको विहीबार एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सबैभन्दा धेरै ९.९२ प्रतिशतले नाफा आर्जन गरेका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ८.६४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

चार कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको ९८ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यसैगरी, कंकाई विकास बैंकको १ लाख ५० हजार कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर सूचिकृत भएको हो ।