जनसेवी लघुबित्त र मालिका गाउँपालिकाबीच संझौता
काठमाडौँ । जनसेवी लघुवित्त संस्था कूश्मा र मालिका गाउँपालिका म्याग्दीबीच ग्रामीण विपन्न समूदायको क्षमता अभिबृद्धि गर्नका लागि आम्दानीमूलक व्यवसाय संचालनमा वित्तीय सेवा प्रदान गर्ने संझौता भएको छ । मालिका गाउंपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी लघूवित्तका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीबीच भएको सहमति अनुसार गाउँ पालिका र जनसेवी दुबैको संयूक्त आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीणा भेगमा क्षमता अभिबृद्धि तथा सीपमुलक विभिन्न तालिमहरु प्रदान गर्ने उल्लेख छ । त्यसैगरी महिला जागरणा, आयआर्जन तथा महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने, गाउँपालिकाले उत्कृष्ठ व्यवसायी तथा कृषकहरुलाई अनूदान प्रदान गर्ने तथा आपसी सहकार्यमा भएको परियोजनाहरुलाई नमूना परियोजनाको रुपमा बिकसित हुने गरी कार्य गर्ने सहमति गरिएको बताइएको छ । उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष खरमाया बिटालू र प्रशासकीय अधिकृत बूद्धिराम उपाध्याय तथा जनसेवी लघुवित्तका तर्फबाट नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे र सहायक प्रवन्धक हर्षबहादूर स्याङ्तानको उपस्थिति थियो ।
९.६६ अंकले घट्यो नेप्से, सबै सूचक राताम्मे
काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचकमा ९.३६ अंकले गिरावट आएको हो । ०.७५ प्रतिशतले घट्दा नेप्से परिसूचक १२४५.७३ बिन्दुमा पुगेको छ । सेयर बजारमा मंगलबार १६९ कम्पनीले कारोबार गरेका छन् । १४ लाख ४९ हजार ६ सय ९७ कित्ता किनबेच हुँदा ४५ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सको सबै समूहका सूचक राताम्ये देखिए । बैंकिङ समूह ९.३६, ट्रेडिङ समूह १.६९, होटल समूह २५.८८, विकास बैंक समूह ५.२१, जलविद्युत समूह ६.८३, वित्त समूह ४.७७, निर्जीवन बीमा समूह ४०.९७, उत्पादनमूलक समूह ३९.६४, अन्य समूह १.६, माईक्रोफाइनान्स २१.०९, जीवन बीमा समूह ६.११ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन् । जोशी हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी २ प्रतिशतले नाफा आर्जन गरेका छन् भने सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
साउन २८ गते लक्ष्मी भ्यालु फण्ड १ को इकाईधनी दर्ता किताब बन्द हुने
काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड १ ले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन २८ गते १ दिनको लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/७६ का लागि इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने यस अघि नै घोषणा गरी सकेको छ ।