४.२१ अंकले घट्यो नेप्से, ५८ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसू ४.२१ अंकले घटेको छ । ०.३२ प्रतिशतले घट्दा परिसूचक १२९४.३९ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ३ हजार २६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ७८ लाख ५५ हजार १ सय १३ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका ३ सूचक मात्र हरियो देखिएका छन् । बैंक समूह ६.७६, विकास बैंक समूह १०.३२, जलविद्युत समूह ४.५, वित्त समूह ३, अन्य समूह १.३३, माईक्रोफाइनान्स समूह ६.९ र जीवन बीमा समूह १८.६८ अंकले घटेका छन् । होटल समूह १३.६३, निर्जीवन बीमा ३७.५५, उत्पादन मूलक समूह ३८.०८ अंकले बढेका छन् । हिमालयन डिस्टीलरी लिमिटेडका लगानीकर्ताले ५.२७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले ५.०४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

साञ्जेनको आईपीओ बाँडफाँडः १० कित्तासम्म हाल्नेलाई सबै पर्यो, ९१.२३ प्रतिशतलाई २० कित्ता

काठमाडौं । बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरिएको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा अधिकांश आवेदकलाई २० कित्ताको दरले सेयर परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० देखि २००० कित्तासम्म माग गर्ने २ लाख ८८ हजार ८९७ जनालाई न्युनतम १० कित्तासेयर परेको छ । उनीहरुलाई कूल २२ लाख ८८ हजार ९७० कित्ता बाँडिएको हो । त्यस्तै, बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता सेयर पुनः २० देखि २००० कित्तासम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भाग्यशाली २ लाख ०९ हजार ३२८ जनाले थप १० कित्ता गरी अधिकतम २० कित्ता सेयर पाएका छन् । समग्रमा कूल ९१.२३ प्रतिशत आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ । साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर २ लाख ८८ हजार ८९७ जनालाई वितरण गरिएको हो । कूल ३ लाख ५९७ जना आवेदकहरु मध्ये ११ हजार ७०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख

काठमाडौं । गोर्खाज फाइनान्सले चैच मसान्तसम्म ६ करोड ३५ लाख रुपैंया नाफा कमाएको छ । फाइनान्सले साउनदेखि चैतसम्मको उक्त अवधिमा सो आकारको नाफा कमाएको हो । गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको मुख्य भूमिका छ । कुल ५ अर्ब ८२ करोड रुपैंया निक्षेप र ५ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले अघिल्लो वर्षको सञ्चालन घाटाको अवस्थामा करिब ९५ प्रतिशत सुधार ल्याएको छ । फाइनान्सको ८६ करोड रुपैंया चुक्ता पुँजी भएको फाइनान्सको उक्त निक्षेप र कर्जाको आधारमा सीसीडी अनुपात ७४.७२ प्रतिशत छ । फाइनान्सको कस्ट अफ फण्ड ९.७० रहँदा आधार ब्याजदर १२.८० प्रतिशत कायम भएको छ । यसको स्प्रेडदर ४.८७ प्रतिशत छ ।