प्रभु मनि ट्रान्फरबाट कारोबार गरे सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट

काठमाडौं । प्रभु मनि ट्रान्सफर पैसा कारोबार गर्नेले सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट पाउने भएको छ । नेपालको अग्रणी रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सीजी इलेक्ट्रिकसंगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सीजी इलेक्ट्रिकका विभिन्न ब्राण्डहरु एलजी, सीजी, गोदरेज, टीसीएल ब्राण्डका सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको प्रभु मनि ट्रान्सफरले जनाएको छ । यो योजनाबाट नेपाल भित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीले जनाएको छ । कुनै पनि ग्राहकले प्रभु मनिट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी इलेक्ट्रिसका कुनै पनि शोरुमहरुबाट टिभी, फ्रिज, वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । तीज, दशैं, तिहार, छट लगायत चाड पर्वकाे अवसरमा ल्याएकाे याे याेजना सीमित अवधि मात्र चल्ने कम्पनीले जनाएकाे छ ।

वोमी लघुवित्तको एसजीएम असोज २ गते, नागरिकसँगको सेयर स्वाप रेसियो पारित गर्ने

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा(एसजीएम) असोज २ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले बिहान ११ः३० बजे धुनिबेशी नगरपालिका खानीखोला स्थिति होटल ह्वाइट हिल्स धादिङमा साधारण सभा गर्ने निर्णय गरेको हो । विशेष सधारण सभामा वोमी लघुवित्त र नागरिक लघुवित्त एक आपसमा गाभ्ने÷गाभिनेबारे छलफल गरिने छ । साथै नागरिक लघुवित्तसँग गाभ्ने÷गाभिने प्रयोजनको लागि डीडीए समेतको आधारमा सेयर स्वाप रेसियो पारित गर्ने जनाइएको छ । साथै विशेष साधारण सभा प्रयोजनका लागि सेयर दाखिला खारेज बन्द(बुक क्लोज) भदौ २० गते १ दिने हुने संस्थाका प्रबन्धक घनश्याम भट्टराईले जनाएका छन् ।

एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने

काठमाडौँ । एनआईबिएल समृद्धी फण्ड-१ का इकाईधनीलेले ६.५ प्रतिशत लाभांश पाउने भएका छन् । एनआईबिएल एस क्यापिटल सञ्चालक समितिको विहीबार बसेको बैठक लाभांश दिने निर्णय गरेको हो । एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशतले हुन आउने रकम ६ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मेखबहादुर थापाले जनाएका छन् ।