एसीजीको एजीएम अर्थमन्त्रीले मंगलबार उद्घाटन गर्ने
काठमाडौँ । एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासेफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप(एसीजी)को २३ औं वार्षिक साधारण सभा भदौ २३ गतेदेखि २६ गतेसम्म हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आयोजनामा हुन लागेको साधारण सभाको अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ २४ गते उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, प्राध्यापक विजय केसी, सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउद, एसीजीका अध्यक्ष तथा कोरिया सेक्युरिटिज डिपोजिटरीका प्रमुख डा. भ्युङ्ग्रेही ली र नेपाल राष्ट्र बैंकका प्रतिनिधि लगायतकाले संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १९ गते काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरिएको हो । यस कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागीय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिर्दै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बिषय उदृत गदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिएका छन् ।
महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।