हिमालयन हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त

काठमाडौँ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हिमालयन हाइड्रोले रु. १००/-अंकित दरको २२ लाख ५० हजारकित्ताको २२ करोड पचास लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ । आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच मंगलबार सम्झौता भएको छ । सम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, हिमालयन हाइड्रो पावर लिमिटेडलेआउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

साना किसान लघुवित्तको स्वतन्त्र सञ्चालकमा उपहारराज घिमिरे नियुक्त

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उपहारराज घिमिरे नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको बैठकले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।

युनिभर्सल पावर कम्पनीमा ७ जना सञ्चालक नियुक्त(नामावली सहित)

काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडको जेठ २० गते सम्पन्न साधारण सभाले ७ जना सञ्चालक निर्वाचित गरेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ महिना सहित ३ जना गरी ७ जना सञ्चालक समितिमा निर्वाचित भएको कम्पनी सचिव देववहादुर श्रेष्ठले जनाएका छन् । कम्पनी सचिव श्रेष्ठका अनुसार संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार भण्डारी, उत्तम भ्लोन लामा, निरबहादुर बुढाथोकी र गोकर्ण पराजुली सञ्चालक समिति सदस्यमा चयन भएका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीको तर्फधबाट लक्ष्मी पौडेल, प्रभु्लाल अधिकारी र भोजबहादुर खड्का सञ्चालक समितिको सदस्यमा चयन भएका हुन् ।