आशा लघुवित्तको जोखिम व्यवस्थापनका लागि तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य ३ दिने जोखिम व्यवस्थापन तालिम तथा समिक्षा गोष्ठी समापन भएको छ । पोखरामा भदौं २५ गतेदेखि शुरु भएको उक्त कार्यक्रममा देशभरि ५५ वटा शाखा कार्यालयमा ५५ जना शाखा प्रबन्धकहरु सहभागिता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृति बद्रीप्रसाद दुलालले उद्घाटन गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताए । कार्यक्रममा कर्जा व्यवस्थापन सम्बन्धी तालिम तिर्थरत्न कोनाजोले, उत्प्रेरणा तथा सकारात्मक सोचको विकास सम्बन्धमा दिपेन्द्र पहाडीले तथा योगा र ध्यान सम्बन्धी विश्वमणी तिवारीले प्रशिक्षण दिएका थिए । संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे । कार्यक्रममा बोल्दै अनुगमन अधिकृतहरु बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ४७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थामा करिब १ अर्ब ९७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ५३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
खल्तीको एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघ्यो
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअफ कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । बजारमा आएको दुई वर्ष र केहि महिनाको छोटो अवधिमै खल्तीले यो कोशेढुंगा पार गर्न सफल भएको हो । यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ-कमर्श मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ । ‘खल्ती’को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र विभिन्न प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिन्छ ।
कायरो भ्रमणपश्चात स्वदेश फर्किए एनसीसीआइको भ्रमण टोली
काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् । उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर “ दि बिग फाइभ “ को अवलोकन गरी विभिन्न कम्पनीहरुसँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्किएका हुन् । सोही अवसरमा इजिप्ट एम्बेसी नेपाल र नेपाल एम्बेसी कायरो इजिप्टसँग सहकार्य गरि सेप्टेम्बर ०३।२०१९ मा त्यहाँस्थित फिडरेसन अफ इजिप्सिएन चेम्बर अफ कमर्स(एफइडिसिओ) र कायरो चेम्बर अफ कमर्सका सिइओ डा.आलद इज, चेम्बरका महासचिव, नेपाली राजदुत भविन्द्रप्रसाद अर्याल तथा कायरो इजिप्ट सरकारको तर्फबाट मिनिष्टर अफ टेड एण्ड इन्डष्टिजकी एमएस लोबना इसाम हसमलगायतको उपस्थितिमा एनइसिसिआइका अध्यक्ष तथा टोली नेता अखिलकुमार चापागाइँले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यहाँ उपस्थित इजिप्सिएनहरुलाई नेपालमा वैदेशिक लगानी, वस्तुको निर्यात तथा भ्रमण वर्ष २०२० का बारेमा छलफल भएको हो । भ्रमण टोलीमा चापागाइँ लगायत नेपालका विभिन्न व्यासायिक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।