आरएमडीसी लघुवित्तले २६ जनालाई दियो प्रशिक्षक प्रशिक्षण तालिम

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो । सो तालिममा आरएमडीसीका १२ वटा साझेदार संस्थाहरुबाट २६ जना वरिष्ठ तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिमको माध्यमबाट साझेदार संस्थाका वरिष्ठ तहका कर्मचारीहरुलाई यस विषयको प्रशिक्षक तयार गर्ने र शाखा कार्यालयका प्रवन्धकहरु र फिल्ड सहायकहरुलाई प्रशिक्षण दिई ग्राहकहरुलाई तालिम प्रदान गरी ग्राहक सदयस्यहरुमा उद्यमशीलता बिकास गर्ने उद्देश्य रहेको छ । तालिममा सेन्टर फर माइक्रोफाइनान्स नेपालका प्रशिक्षकद्वय सनद राजभण्डारी ररुद्र पराजुलीले छलफल, खेल लगाएतका विभिन्न विधिमार्फत सहभागितामूलक रुपमा तालिमको सहजीकरण गरेका थिए । तालिमको अन्तिम दिन नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्वन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघुवित्तको अवस्था तथा यसका चुनौती सम्बन्धी प्रस्तुुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गरेका थिए । तालिमको समापन समारोहको अध्यक्षता आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत ओझाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक, आयोजक तथा सहभागीहरु लाई धन्यबाद दिदै तालिममा हासिल गरेका ज्ञान, सीप र क्षमतालाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्न आग्रह गरेका थिए ।

नेप्सेमा अनलाइन कारोबार प्रणाली मार्फत बिहीबार धेरै संख्यामा कारोबार

काठमाडौँ । नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् । बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् ।

अशोक लेलैण्डका गाडी किन्दा ओम डेभलपमेन्ट बैंकबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको बताइएको छ ।