७२ हजार २ सय ५५ जनाले मागे जति पाए हिमाल दोलखाको आईपीओ
काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ३० लाख ९३ हजार कित्ता सेयर बाँडफाड गरेको छ । हाइड्रो पावर कम्पनीले सय अंकित दरमा ७६ लाख ४७ हजार २ सय १० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कुल ३१ हजार ५ सय ६० कित्ताको लागि जम्मा ७२ हजार ३ सय ४५ आवेदन गरेका परेका थिए । ती मध्ये भने ७२ हजार २ सय ५५ जनाको आवेदन मात्र सदर भएको थियो । धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आवेदन दिने सबैले माग गरे अनुसार सेयर पाएका छन् ।
मन्जुश्री फाइनान्स लिमिटेडको नयाँ बचत खाता
काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात रु. ५०००/– मा बचतकर्ताहरुले वार्षिक ८.२५% व्याजदर प्राप्त गर्न सक्ने छन् । जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटीएमबाट विना शुल्क रकम झिक्न सकिने छ । साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट जुनसुकै बेला पनि लिन सकिने फाइएनान्सले जनाएको छ ।
०.९९ अंकले घट्यो नेप्से, कारोबार रकम न्यून
काठमाडौ । साताको अन्तिम दिन विहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा घटेको छ । नेप्से परिसूचक ०.९९ अंकले घटेको हो । ०.०८ प्रतिशतले घट्दा परिसूचक १२१३.०६ बिन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् । १० लाख ७७ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा २६ करोड १६ लाख ७० हजार २ सय ३ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ४ सूचक हरियो छन् भने अन्य राता रहेका छन् । होटल समूह ११.१६, अन्य समूह २.३, माइक्रो फाइनान्स समूह १.१७ र जीवन बीमा समूह ६.३ अंकले बढेका छन् । यस्तै, बैंक समूह ०.७१, ट्रेडिङ्ग समूह ४.८२, विकाश बंैक ५.१६, जलविद्युत समूह २.८६, वित्तीय ३.७६, निर्जीवन बीमा समूह ४२.०१, उत्पादनमूलक समूह ५.११, म्यूचुअल फण्ड ०.०१ अंकले घटेका छन् । सबैको लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, सिर्जना फाइनान्स (वित्तीय संस्था) का लगानीकर्ताले ४.७४४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।