१५ प्रतिशत नगद लाभांश दिने नेपाल एग्रो लघुवित्तको घोषणा
काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालका समितिको साउन ३२ गते साँझ बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम रु. ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र नगद लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव तेजेन्द्र शर्मा लम्सालले जनाएका छन् ।
नेप्से नै विकेपछि १०० रुपैयाँको इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झर्यो
काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झरेको छ । सिद्धार्थ इक्वीटी फण्डले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिएपछि मूल्य समायोजन गर्दा यसको मूल्य ८ रुपैयाँ ९० तोकिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । विहीबार यसको कारोबार प्रतिकित्ता १० रुपैयाँमा भएको थियो । सिद्धार्थ इक्वीटी फण्डको अंकित मूल्य १० रुपैयाँ हो । १ अर्ब ५० करोड रुपैयाँ बराबरको इक्वीटी फण्ड बजारमा छ । बास्तविक मूल्य १ रुपैयाँ १० पैसा घटेको भए पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) भने ९१ रुपैयाँ १० पैसा घटेको दावी गरेको छ । नेप्सेले सिद्धार्थ इक्वीटी फण्डको अंकित मूल्य १०० रुपैयाँ भएको र स्टक एक्स्चेञ्जमा १५ अर्ब रुपैयाँ बराबरको सिद्धार्थ इक्वीटी फण्ड सूचिकृत रहेको दावी गरेको छ । सिद्धार्थ क्यापिटलले भने अंकित मूल्य १० रुपैयाँ मात्र भएको, नेप्सेमा १५ करोड कित्ता इक्वीटी फण्ड सूचिकृत भएको र त्यसको चुक्ता मूल्य १ अर्ब ५० करोड मात्र भएको जनाएको छ । चन्द्रसिंह साउद महाप्रबन्धक भएपछि नेप्सेको डाटामा व्यापक अनियमितता भएको छ । सेयरसम्बन्धी डाटामा आधारित निजी व्यावसायिक कम्पनीको प्रभावमा परेर नेप्सेले आफ्नै डाटा अविश्वसनिय बनाउने काम गरेको लगानीकर्ताको आरोप छ ।
८.३८ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट चुक्तापूँजी ७ करोड ७५ लाखको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणका गर्ने निर्णय गरेको हो । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव नरेन्द्र मिश्रले जनाएका छन् ।