कायरो भ्रमणपश्चात स्वदेश फर्किए एनसीसीआइको भ्रमण टोली
काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् । उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर “ दि बिग फाइभ “ को अवलोकन गरी विभिन्न कम्पनीहरुसँग सम्झौता तथा छलफल गरेर आज स्वदेश फर्किएका हुन् । सोही अवसरमा इजिप्ट एम्बेसी नेपाल र नेपाल एम्बेसी कायरो इजिप्टसँग सहकार्य गरि सेप्टेम्बर ०३।२०१९ मा त्यहाँस्थित फिडरेसन अफ इजिप्सिएन चेम्बर अफ कमर्स(एफइडिसिओ) र कायरो चेम्बर अफ कमर्सका सिइओ डा.आलद इज, चेम्बरका महासचिव, नेपाली राजदुत भविन्द्रप्रसाद अर्याल तथा कायरो इजिप्ट सरकारको तर्फबाट मिनिष्टर अफ टेड एण्ड इन्डष्टिजकी एमएस लोबना इसाम हसमलगायतको उपस्थितिमा एनइसिसिआइका अध्यक्ष तथा टोली नेता अखिलकुमार चापागाइँले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यहाँ उपस्थित इजिप्सिएनहरुलाई नेपालमा वैदेशिक लगानी, वस्तुको निर्यात तथा भ्रमण वर्ष २०२० का बारेमा छलफल भएको हो । भ्रमण टोलीमा चापागाइँ लगायत नेपालका विभिन्न व्यासायिक क्षेत्रका १६ सदस्यको उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेस र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता
काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ । उक्त सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरूबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
सिटी एक्सप्रेस र अमेरिकाको रेमिट्लीबीच रेमिट्यान्स सम्झौता
काठमाडौँ । अमेरिकाको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईम्रले हस्ताक्षर गरे ।