महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।
सिर्जना फाईनान्सलाई लक्ष्मी मा.वि. को सम्मान
काठमाडौं। ४० औं शिक्षा दिवशको अवसरमा मोरङको उर्लावारी न.पा. ०८ अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले सिर्जना फाईनान्सलाई सम्मान गरेको छ । कार्यक्रममा सिर्जना फाईनान्स लि.को तर्फबाट संचालक सुवास आचार्य तथा पथरी शाखाका शाखा प्रमुख सिताराम दरालको उपस्थिती रहेको थियो । विज्ञान प्रयोगशालाको समेत उद्घाटन रहेको कार्यक्रममा बोल्दै संचालक आचार्यले सिर्जना फाईनान्सले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप ब्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तीय साक्षरता जस्ता कार्यक्रममा संस्थाले प्रत्यक्ष्य सहयोग गर्दै आइरहेको बताए । सिर्जना फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त विद्यालयलाई १०० थान रंगीन जस्तापाता वितरण गरेको थियो ।
नेप्सेमा ३० करोड ५३ लाख रुपैयाँको कारोबार, सबै सूचक राता
काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । ११ लाख ७३ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ३० करोड ५३ लाख १० हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखीएका छन् । बैक समूह १०.९६, होटल समूह ९.२२, विकास बैक समूह १५.८२, जलविद्युत समूह १२.९२, वित्तीय समूह ०.२९, निर्जीवन बीमा समूह १०२.२९, उत्पादन मूलक समूह १२.५९, अन्य समूह ७.१५, माइक्रो फाइनान्स ७.५, जीवन बीमा समूह ८५.४४ र म्युचुअल फण्ड ०.०४ अंकले घटेका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्प्याण्ट लिमिटेडका लगानीकर्ताले ८.४९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।