सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट सम्पन्न

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायत स्थानका २०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।

मनास्लुमा लाग्न थाल्याे आरोहीको ओइरो, उठ्याे करिब ४ करोड

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् । यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् । त्यस्तै, धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस याममा हिमाल आरोहणबाट हालसम्म रु तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए । आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । रासस

आठ दिनदेखि घटेको घट्यै शेयर बजार, आठ दिनदेखि ७० अंकको गिरावट, किन घटदैछ बजार ?

काठमाडौं । आठ दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ७० अंक भन्दा बढीले घटेको छ । भदौ १८ गतेदेखि सोमबारसम्म आइपुग्दा परिसूचक निरन्तर रुपमा घट्दै ११९४.७७ अंकबाट घटेर ११२३.८४ अंकमा झरेको हो । सोमबार मात्रै परिसूचकमा १६.१८ अंकको गिरावट देखिएको छ । आइतबार यो १७.८७ अंकले को थियो । सोमबारको कारोबारमा कुल ३४ करोड ३९ लाख रुपैंयाको शेयर कारोबार भएको छ । कारोबार भएका कुल ११ उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै उपसूचकमा गिरावट आएको छ । हाल बजारमा तीव्र गिरावट हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका कार्यान्वयनमा आउने तयारी हुनु र बजारका जिम्मेवार अधिकारीहरुबाटै कालो धन सम्बन्धी अभिव्यक्ति आउनुलाई लिइएको छ ।