एक वाणिज्य बैंक र सबै विकास बैंकलाई पछि पार्दै सहकारी बैंकले कमायाे ६८ करोड १८ लाख नाफा

काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन रकम केही वाणिज्य बैंक र धेरै विकास बैंकहरूकाे भन्दा बढी हाे । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ।  बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ । बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी गरेकाे छ । अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।  बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडी सहकारी बैंक हाल सम्म गत आ.व. को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा एक बाणिज्य बैंककाे भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन | ७७ जिल्लाका सबैखाले सहकारी संघ/संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ/संस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ,  बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन भने बैंकका अध्यक्ष वरिष्ठ सहकरीकर्मी के.वी. उप्रेती हुन |

चार अर्ब ४५ करोड बढीको आईपीओ पाइपलाइनमा, सबैभन्दा बढी इन्स्याेरेन्स र लघुवित्तकाे

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण सेयर(आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेको छ । बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि बोर्डमा आवेदन परेको हो । बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए । यस्तै अहिले पनि करिब १ अर्ब बराबरको आईपीओ स्वीकृत भइसकेको उनले बताए । जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन हुँदै छ । त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन हुँदैछ । जसमध्ये लिबर्टीले भदौ ३ गतेदेखि र रिलायन्स लाइफ इन्स्योरेन्स तथा समाज लघुवित्तले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने मिति तय गरेका छन् । चालु आर्थिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए । अहिले पनि केही कम्पनीहरु आईपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको उनले बताए । त्यसबाहेक केही जलविद्युत कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्नका बुझ्न आएको केसीले जनाएका छन् । हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये चार वटा कम्पनीको प्रारम्भिक अध्ययनको क्रममा छन् भने ५ वटा कम्पनीको अध्ययनसँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ ।

हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमई रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमई रेमिटसँग आवद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।