एनआरएन इन्फ्राइन्स्टक्चरकाे सेयर भर्ने दिन सकियाे, कति पर्याे आवेदन ?
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद आजबाट सकिएकाे छ । साउन १६ गतेदेखि आज अर्थात साउन २१ गतेसम्म जारी भएकाे उक्त सेयरमा कम्पनीले माग गरेकाेभन्दा ५.२४ गुणा बढी आवेदन परेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख २८ हजार एक सय ५३ जना आवेदकले एक कराेड ६५ लाख ६७ हजार ६ सय कित्ता सेयर माग गरेकाे छ । जबकी कम्पनीले ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर साधारणमा निष्काशन गरेकाे थियाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ ।
नेप्सेको सिस्टममा समस्या, कारोबार हुन ढिलाई हुने
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।
३ लाख बढीले भरे एनआरएन इन्फ्राइन्स्टक्चरकाे आईपीओ
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा ३ लाख एक हजार ४ सय आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार बिहान १० बजेसम्ममा उक्त आवेदकले एक कराेड १० लाख ७० हजार ५ सय ६० कित्ता सेयरकाे लागि आवेदन दिएका हुन् । जुन कम्पनीले माग गरेकाे भन्दा साढे ३ गुणा बढी हाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन् । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्राइन्स्टक्चरको आईपीओमा ३ गुणा बढी आवेदन, कतिले भरे ?