सेयरमा लगानी गर्नेले के कुरामा ध्यान दिने ? यस्ता छन् बैंकर ज्ञवालीको सुझाव (भिडियाेसहित)

सेयर बजारमा लगानी गर्न चाहने व्यक्ति वा लगानीकर्ताले मुख्य ध्यान दिनु पर्ने विषय भनेको मैले कति समयका लागि लगानी गर्दैछु भनेर बुझ्नु पर्छ । समय फिक्स गर्नु पर्छ । छोटाे समयमा लगानी गरेर नाफा कमाउने हो वा लामो समयसम्म लगानी गरेर नाफा गर्ने हो । यी दुई कुरामा लगानीकर्ताले आफुलाई फिक्स गर्नुपर्छ । लामो समयका लगानी गर्ने हो भने कम्पनीको प्रोफाइल राम्रो भएको, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) र डिभिडेन्ट पर सेयर (डीपीएस) राम्रो दिन सक्ने कम्पनी, कम्पनीको म्यानेजमेन्ट राम्रो भएको र कम्पनीको प्रोस्पेक्टस् राम्रो भएको लगायतका आधारभुत विषयहरु अध्ययन गरेर लगानी गर्नुपर्छ । यी विषयहरू अध्ययन गरेर बुझेर लगानी गर्यो भने कुनै न कुनै समयमा यस्ता कम्पनीले राम्रो प्रतिफल दिन्छन् । अब तत्कालिन रुपमा अर्थात सर्टटर्ममै नाफा चाहिएको हो भने मार्केटको इन्फरमेसन अनुसार नै चल्नु पर्ने हुन्छ । ट्रेड पनि त्यही अनुसारको गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले रियलाइजेसनको लिमिट राख्न आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र म्युच्युअल फण्डहरुको पनि भूमिका रहन्छ । उनीहरुले बजार तल माथि गयो भने अलि होल्ड गर्ने भन्दा पनि बेच्च हतारिन्छन् । बजार घट्न थाल्यो भने साना लगानीकर्ता भन्दा पनि म्युच्युअल फण्ड पहिला आँतिन्छन् । म्युच्युअल फण्डले पनि बजारमा धेरै भूमिका र योगदान गर्न सक्छन् । तर, यहाँ सबैलाई नाफा नै चाहिएको छ । त्यस कारणले यी विविध विषयहरुमा सुधार हुन आवश्यक छ । कम्पनीको सम्पूर्ण विषयवस्तु अध्ययन गरेर गरेको लगानीले कुनै पनि समयमा राम्रो प्रतिफल त पक्कै दिन्छ । हल्लैहल्लाको भरमा लगानी गरेको हो भने त सेयरबजार जुवाघर जस्तै हुन्छ । बुझेर गरेको लगानी हो भने हाम्रो जस्तो क्यापिटल मार्केटमा लगानीकर्ता पछुताउनु पर्ने अवस्था आउँदैन । बजार हाे तल माथि भइरहन्छ नि । हरेक दिन लगानीको मार्क टु मार्कट गर्दै कहिले उफ्रिने त अर्को दिन हतासिने लगानीकर्ताले बजारमा गुमाउछन् अनि बजारलाई झन तलमाथि हुन मद्दत गर्छन् । विश्ववास आफ्नो लगानीमा हुनुपर्छ । सेयर बजार उथलपुथलकाे कारण मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसूचक उच्च बिन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसूचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस (प्रतिसेयर आम्दानी) लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घटबढ हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसूचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १० देखि ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेन्स’ र विकास भने सन्तोषजनक छ भन्नुपर्छ, सकारात्मक कुराहरु पनि हाईलाईट गर्नुपर्छ । भिडियो हेर्न यसमा क्लिक गर्नुहोला (चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नबिल बैंकका डीजीएम हुन् । उनीसँग गरिएको कुराकानीमा आधारित)

सेयर बजारमा लगानी गर्न चाहने महिला लगानीकर्तालाई वार्षिक शुल्कमा छुट

काठमाडौं । सेयर बजारमा लगानी गर्न चाहनेलाई नबिल इन्भेष्टमेन्ट बैंकिंगले वार्षिक शुल्कमा छुट दिने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले नारी दिवसको अवसरमा सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई प्रथम वर्षको लागि लाग्ने वार्षिक शुल्क पूर्ण रुपमा छुट दिने भएको हो । यससँगै इच्छुक लगानीकर्ताले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत उक्त छुट पाउने भएका छन् । सेयर बजारमा लगानी गर्न इच्छा रहेको तर सेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताले यो सुविधा लिन सक्नेछन् । यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्तालाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । निश्चित बार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्तालाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको हाे । यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताले यसको पूर्ण फाइदा लिने संस्थाले जनाएको छ ।

दोश्रो बजारमा चन्द्रागिरीको यात्राः ४१३ प्रतिशतले बढ्यो सेयर मूल्य, बजार पुँजीकरण १० अर्बमाथि

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड दोश्रो बजारमा प्रवेश गरेको एक महिना पुरा भएको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ । स्थानिय तथा सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाँड पश्चात कम्पनी गत माघ २३ गते दोश्रो बजारमा प्रवेश गरेको हो । बजारमा प्रवेश गरेकाे पहिलो दिन अर्थात पहिलाे कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज भन्दा १२९ रुपैयाँ कम हो । नेप्सेले कम्पनीलाई न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको थियो । अधिकांश लगानीकर्ताले कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९० रुपैयाँबाट शुरु हुन्छ भन्ने अनुमान लगाएका थिए । तर, बजारमा लगानीकर्ताको अनुमान विपरित भइदियो । र, कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँदेखि कारोबार शुरु भयो । सोहि दिन अन्तिम कारोबारसम्ममा कम्पनीको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुग्यो । त्यसपछिको बजारमा कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै गइरहेको छ । समग्र सेयर बजार घटोस् या बढोस् कम्पनीको सेयर मूल्य भने निरन्तर रुपमा बढ्दै गएको छ । उच्च उतारचढाव देखिएको बजारमा पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । आज (फागुन २३ गते) पनि समग्र सेयर बजार २१.५८ घटेको छ । तर कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लेभलमा कारोबार भएको छ । आइतबार प्रतिकित्ता ६०५ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन शुरुवाती मूल्यभन्दा ४१३.०४ प्रतिशतले बढी हो । किन बढ्दै छ कम्पनीको सेयर मूल्य ? कम्पनीको सेयर मूल्य लगानीकर्ताले अनुमान लगाएको रेञ्जसम्म नपुगेकोले त्यसको मूल्य निरन्तर बढीरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘कुनै पनि कम्पनीको आईपीओको दोश्रो बजारमा कारोबार भएपछि सेयर मूल्य यति पुगेपछि प्रफिट बुक गर्छु भन्ने लगानीकर्ताको सोचाईं हुन्छ । र, उक्त लेभलमा पुगेपछि उनीहरु बेच्न शुरु गर्छन् । यता चन्द्रागिरीको केसमा लगानीकर्ताले एक्स्पेक्ट गरेको अनुसार सेयर मूल्य पुग्नै बाँकी छ । त्यसैले जस जसलाई चन्द्रागिरीको आईपीओ परेको छ, उनीहरुले अहिले बेच्न चाहेका छैनन् । र, मूल्य निरन्तर बढीरहेको छ’, अध्यक्ष रौनियारले विकासन्युजसँग भने । त्यस्तै, बजार पुँजीकरण १० अर्ब २० करोड रुपैयाँ नाघेको छ । नेप्सेमा कम्पनीको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । दाेश्राे बजारमा कम्पनीकाे ‘हाेटल्स एण्ड पर्यटन’ समूह अन्तर्गत काराेबार भइरहेकाे छ । आइतबार उक्त समूह ५०.१५ अंकले बढेर २२८४.८३  बिन्दुमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा २.२४ प्रतिशतले बढेकाे छ । यस्ता छन् कम्पनीको योजना कम्पनीले लगानीकर्तालाई लक्षित गरेर केवुलकारमा २५ प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीले हालै निष्काशन गरेको आईपीओमा आवेदन दिने (आईपीओ परेका नपरेका) सबै आवेदकलाई लक्षित गरि माघ ५ गतेदेखि उक्त योजना सार्वजनिक गरी सञ्चालनमा ल्याएको हो । र, यो योजना एक वर्षसम्म अर्थात २०७८ माघ ५ गतेसम्म लागू हुनेछ । हाल सञ्चालन भइरहेको यो योजनामा लगानीकर्ताको आकर्षण बढ्दै गएको चन्द्रागिरीका महाप्रबन्धक अभिषेक सिंह बताउँछन् । ‘यो योजना अन्तर्गत दिनमा ५० देखि १०० जनाले चन्द्रागिरीको अवलोकन गर्न आउनुहुन्छ । शनिबार भने अलि बढी अर्थात २ सयदेखि ३ सय जना अवलोकन गर्ने गरेका छन् ।’ त्यस्तै, कम्पनीको मूख्य लक्ष्य भनेको आन्तरिक पर्यटकलाई बढाउनु रहेको सिंह बताउँछन् । पहिलाको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनको भनाई छ । ‘पहिला शनिबारको दिन एक हजारदेखि १२ सयले अवलोकन गर्नुहुन्थ्यो भने अहिले ३/४ हजारले गर्नुहुन्छ । यसलाई अझै बढाउने लक्ष्य रहेको छ’, सिंहले भने । साथै, कम्पनीले आउँदै गरेको शिवरात्रीलाई लक्षित गरेर नयाँ स्किम ल्याउने तयारी गरिरहेको महाप्रबन्धक सिंह बताउँछन् । परियोजनाको रिसोर्ट/होटल पूर्ण रुपमा संचालन भईसकेको छ । त्यसको औपचारिक उद्घाटन/शुभारम्भ २०७८ वैशाख मसान्त सम्ममा गर्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसको लागि कम्पनीले परियोजना सम्पन्न गर्न आफ्नो काम कारवाहीलाई तीव्र रुपमा अगाडि बढाई रहेको छ । सहायक कम्पनीहरुको हकमा मल्टी पोखरा डेभलपमेन्ट प्रा.लि. को नाममा रहेको जग्गामा चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन संरचना बनाउन उपभोग गरिएको र भावी दिनमा उक्त कम्पनीलाई चन्द्रागिरी हिल्स लिमिटेडमा नै गाभ्ने रणनीति लिएको छ । चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्ग लि.को हकमा निकट भविश्यमा नै कम्पनीको उद्देश्य अनुरुप प्याराग्लाईडिङ्गको सम्भाब्यता अध्ययन गरी सेवा सञ्चालन गर्ने रणनीति रहेको छ ।