श्री लालीगुराँस सहकारीले ऋण लिएका सदस्यलाई छुट दिने
ललितपुर । पुल्चोक स्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण माहामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । संस्थाले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताएका छन् । संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ । विश्वब्यापी महामाहारीको रुपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्य नजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रुपमा रहेको छ । संस्थाको ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । कर्मचारीलाई कोरोना बीमा यसैबीच संस्थाले आफ्ना पुल्चोक स्थित मुख्य कार्यालय सहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । सरकारले ल्याएको कोरोना बीमा अन्तर्गत प्रतिब्यक्ति एक लाख रुपैयाँको रहेको छ । पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमित बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरु कार्यरत रहेका छन् ।
बजेटबाट खुसी भएनन् लगानीकर्ता, भन्छन्- हामी आशावादी थियौं, तर…
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै पुँजीबजारको दायरा विस्तार गरिने बताएका छन् । उनले बजारको दायरा फराकिलो बनाई ऋणपत्रको कारोबार दोश्रो बजारमा शुरु गरिने बताएका छन् । साथै, उनले नेप्सेको दोश्रो बजारको कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् । त्यस्तै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने उनले जनाएका छन् । त्यसैगरी, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने र नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने बताएका छन् । उक्त बजेटमा प्रतिक्रिया दिँदै लगानीकर्ताहरुले यो बजेटले पुँजीबजारको लागि औपचारिकताको लागि मात्र सम्बोधन गरिएको बताएका छन् । कोरोना माहामारीले प्रभावित भएको यस क्षेत्रको लागि सामान्य सामान्य कुरापनि सम्बोधन नभएकोमा उनीहरु निकै निराशावादी देखिन्छन् । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको उनीहरु बताउँछन् । यसैबीच बजारका बारेमा जानकार तथा लगानीकर्ताको प्रतिक्रिया के छ भनेर हामीले यो सामग्री तयार गरेका छौं । छोटेलाल रौनियार, अध्यक्ष- नेपाल इन्भेष्टर्स फोरम आगामी आर्थिक वर्षको बजेट खल्लो लागेको छ । कोभिड १९ को समस्यामा राहात प्याकेजहरु आउला भन्ने आशा गरिएको थियो । अरु कुरा छोडौं, हाम्रो प्रमुख माग नै सम्बोधन भएन । जुन कि पुँजीगत लाभकर ५ प्रतिशतलाई फाइनल गराउने तथा अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई करमा छुट्टै व्यवस्था गराउने जस्ता हाम्रा माग रहेको थियो । तर यस्तो कुनै पनि कुरा समेटिएन । हामीले आर्थिक प्याकेज ल्याउ भनेका थिएनौं, भएका कुरामा केहि सुविधा तथा खुकुलो खोजेका थियौं । अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको विषयमा लगानीकर्ता खुसी हुने विशेष केहि पनि भएन । अर्थमन्त्रीले पुँजीबजार प्रति सकारात्मक छ, दोहोरो करको विषयमा सम्बोधन गर्छु भन्नुभएको थियो, तर कन्जुस्याई गर्नु भयो । त्यसैले बजेट खल्लो लाग्यो । लगानीकर्तामा खुसी छाउने कुरा केहि पनि छैन । यद्दपि, ऋणपत्र दोश्रो बजारमा कारोबार हुने लगायत विद्युतीय माध्यमबाट सेयर कारोबार गराउने भन्ने पक्ष राम्रो छ । राधा पोखरेल, अध्यक्ष- नेपाल पुँजीबजार लगानीकर्ता संघ सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको छ । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा परेको छैन । विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लाग्यो । खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेको छ । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन । कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । तर केही पनि भएन । हरि ढकाल, अध्यक्ष- सेयर लगानीकर्ता दवाव समूह बजेट पुँजीबजारका लगानीकर्ताको लागि निराशाजनक रहेको छ । सम्बोधन गर्नु परिने सामान्य कुराहरु पनि सम्बोधन भएन । पुरानै कुराहरु दोहोर्याईएको छ । जुन कुरा वर्षौ अघिदेखि गर्नुपर्ने कामहरु थियो त्यसमै टुङ्ग्याईएको छ । पुँजीबजार क्षेत्र पनि कोभिड-१९ ले प्रभावित छ भनेर लगानीकर्ताको मनोबल बढ्ने खालको केही पनि सम्बोधन भएन । मार्जिन कलको सीमा बढाइने छ भन्ने थियो, त्यो भएन । आशा गरौं, मौद्रिक नीतिसम्म कुरौं । त्यसबाट केही सम्बोधन होला कि ।
बजेटः सेयर बजारको लागी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’
काठमाडाैं । सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताईन् । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा नपरेको उनको तर्क छ । हालै प्रस्तुत भएकाे आगामी आर्थिक वर्षको बजेटमा प्रतिकृया दिँदै उनले विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लागेकाे बताइन् । साथै, उनले खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेकाे बताइन् । ‘कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन् ।’- उनले बताइन् ।