चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ गतेदेखि खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी मंसिर १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई उक्त दिनदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।
सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद सूचीकृत
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार(मंसिर ९ गते) मात्रै सो मात्रा अर्थात ११ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मल्टी पर्पस फिनान्सको मंसिर ११ गतेदेखि बुक क्लोज
काठमाडौं । मल्टी पर्पस फिनान्सको आगामी मंसिर ११ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले उक्त दिनदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय संस्थाको ३५९औं बैठकले गरेको हो । संस्थाको सभा मंसिर १९ गते बिहान ११ बजे बस्ने भएको छ ।