नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा आशा लघुवित्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व कार्यालय कलंकीका प्रमुख कर अधिकृतले संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री दुलाललाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५/७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेखित गरिएको छ ।

युनाईटेड इदी-मर्दीकाे आईपीओ भर्ने म्याद सकियो, कतिले दिए आवेदन ?

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत मंसिर ३ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेपछि आज (मंसिर ७ गते आइतबार) बाट निष्काशन बन्द भएको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस अवधिमा ५ लाख ५७ हजार २८९ जना आवेदकले कम्पनीको एक करोड ६९ हजार कित्ता सेयरको लागि आवदेन दिएका छन् । उक्त सेयरमा एक अर्ब ६९ लाख रुपैयाँ बराबरको आवेदन परेको हो । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ११.५२ गुणाले बढी हो । कम्पनीले गत बुधबार मंसिर ३ गतेदेखि ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गरेकाे हाे । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

बिओके क्यापिटलको प्रस्तावित नगद लाभांश पारित

काठमाडौं । बिओके क्यापिटलको प्रस्तावित ४.५ प्रतिशत नगद लाभांश पारित भएको छ । आज मंसिर ५ गते सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको ४.५ प्रतिशतका दरले हुने ९४ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर समेत) पाउने छन् । सभा संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।